Comments Add Comment

आन्तरिक सुरक्षा नीति ल्याउने सरकारको तयारी

१४ जेठ, काठमाडौं । सरकारले आन्तरिक सुरक्षा नीति ल्याउने तयारी गरेको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले आन्तरिक सुरक्षा नीति ल्याउन लागेको जानकारी दिएका हुन् ।

Shakti-Basnetपूर्व प्रहरी परिषद् नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री बस्नेतले नीति बनाउने मात्रै नभई त्यसको प्रभावकारी कार्यान्वयन पनि गर्ने बताए ।

तत्कालीन अवस्थामा देशको सामाजिक, राजनीतिक, आर्थिक अवस्थाको प्रतिबिम्ब सुरक्षा नीति निर्माणमा पनि पर्ने गरेको उनले बताए ।

राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गर्नुपूर्व आजको नेपालको अवस्थाबारे सबैमा समान धारणा आवश्यक रहेकामा उनले जोड दिए ।

पूर्व प्रहरी परिषदका उपाध्यक्ष पूर्व वरिष्ठ प्रहरी उपरीक्षक डा. चूडाबहादुर श्रेष्ठले राष्ट्रिय सुरक्षा नीति र ऐन कार्यान्वयनमा आउन लागेको अवस्थामा यसबारे आमरुपमा बृहत् छलफल आवश्यक रहेको धारणा राखे ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सांसदहरु, पूर्व प्रहरी अधिकृत, जवान र सुरक्षासँग सरोकार राख्ने निकायका पदाधिकारहरुको समेत सहभागिता रहेको कार्यक्रममा सुरक्षासँग सम्बद्ध विभिन्न विषयमा कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment