१६ जेठ, काठमाडौं । सरकारले घर बनाउन दिने दुई लाख रुपैयाँ लिन नागरिकताको प्रमाणपत्र चाहिने भएपछि जिल्ला प्रशासन कार्यालयले गाउँघरमै पुगेर भूकम्पपीडितलाई नारिकताको प्रमाणपत्र उपलव्ध गराउन थालेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भूकम्पपीडित र बृद्धबृद्धालाई लक्षित गरी गाउँगाउँमा एकीकृत घुम्ती सेवा शिविरमार्फत नागरिकतालगायत विभिन्न सेवा उपलव्ध गराउन थालेको आजको नागरिक दैनिकमा समाचार छ ।
सिम्जुङ ९ बालुवा बजारमा शुक्रबार सदरमुकामस्थित सरकारी कार्यालयहरुले सञ्चालन गरेेको घुम्ती सेवा शिविरमा सौरपानी ६ का लक्षण्म गुरुङलगायतले नयाँ नागरिकताको प्रमाणपत्र लिए ।
पुरानो नागरिकता भूकम्पमा घरसँगै नष्ट भएपछि नयाँ बनाउनुपरेको गुरुङले बताए । घर बनाउन दुई लाख रुपैयाँ अनुदान लिन नागरिकताको प्रमाणपत्र अनिवार्य गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4