+
+
Shares

बढेको जरिवानाले चालक अनुशासित

नियम पालन गर्ने बढे

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १७ गते ६:१५

Trafic police action (2)१७ जेठ, काठमाडौं । गएको वैशाख ३१ गते काठमाडौं उपत्यकामा नियमविपरित सवारी चलाउने १ हजार ६ सय १७ चालक कारबाहीमा परे ।

तर त्यसको ठिक एक दिनपछि जेठ १ गते उपत्यकाभर जम्मा ४ सय ६० जना चालक मात्र कारबाहीमा परको आजको नागरिक दैनिकले जनाएको छ ।

्रएक दिनमै उपत्यकाका सडकमा ट्राफिक प्रहरीको कारबाहीमा पर्ने संख्या झन्डै चार गुणा घट्नु एउटै कारण हो, नियमविपरित सवारी चलाउनेलाई गरिने जरिवाना रकम वृद्धि ।

सरकारले जेठ १ देखि ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई न्यूनतम ५ सय जरिवाना गर्न थालेको छ । यसअघि ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई २५ रुपैयाँ मात्र जरिवान हुन्थ्यो ।

जेठ १ गते मात्र होइन त्यसयता दिनहुँ नै उपत्यकाका सडकमा ट्राफिक नियम उल्लंघन गर्ने चालक संख्यामा ठूलो कमी आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले पनि नियम मिच्ने चालक सख्या तीन गुणाले घटेको देखाउँछ । बढेको जरिवाना रकम लागू हुनु अघिको १५ दिनको अवधीमा ३० हजार ५ सय ४० जना चालक कारबाहीमा परेका थिए ।

जरिवानासम्बन्धी नयाँ प्रावधान लागू भएपछि १५ दिनको अवधिमा उपत्यकामा जम्मा १० हजार २ सय ४५ जना चालक मात्र कारवाहीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?