१७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
अाज विहान भएको भेटवार्तामा पछिल्लो राजनीतिक परिस्थिति र बजेटका बारेमा छलफल भएको जनाइएको छ । सरकारले शनिबार संसदमा प्रस्तुत गरेको बजेटमा तामाकोशि जलविद्युत आयोजनामा जनयुद्धका सहिद परिवारलाई १० लाख बराबरको शेयर दिने, किसानलाइ पेन्सन लगायतका विषय नसमेटिएपछि माओवादी सरकारसँग असन्तुष्ट भएको हो ।
माओवादी संसदीय दलको बैठकले संसदमा बजेटमा नसमेटिएका विषयमा सशक्त आवाज उठाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहलले भेटवार्ता नियमित र समसामयीक विषयमा केन्द्रित रहको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4