Comments Add Comment

मेलम्ची बजार पहिरोको जोखिममा

१७ जेठ, मेलम्ची । गत वर्षको भूकम्पपछि सानोठूलो परकम्पले तथा बेलाबेलामा मेलम्ची तथा तिपेनीलगायतका बजारमा झरिरहने ढुङ्गाले गर्दा सो क्षेत्रका बजारवासी त्रसित बनेका छन् ।

kalikop_pahiro_1सिन्धुपाल्चोक जिल्लाकोे मेलम्ची नगरपालिका ६ र ७ का मेलम्ची बजार क्षेत्रको करिब एक किलोमिटर बस्तीमा पहिरोको जोखिम रहेको छ ।

सुक्खा समयमा समेत माथिबाट ढुङ्गा खस्ने गरेकाले बर्खाको समयमा झन धेरै जोखिम रहेको स्थानीय बजारवासी बताउँछन् ।

पहिरोको डरमा बस्नुपरेको मेलम्ची बजारका स्थानीय टेकलाल श्रेष्ठ भन्छन्– “सुक्खा बेलामा आउने पहिरो र भूकम्पको परकम्पले नै माथिबाट ढुङ्गा खस्छ भने बर्खाको बेलामा झन के होला भन्ने डर सम्पूर्ण बजारवासीमा छ” । यसको तत्काल रोकथाम गर्नको लागि केही उपाय नअपनाउने हो भने बर्खाको समयमा ठूलो मात्रामा धनजनको क्षति हुने सम्भावना रहेको श्रेष्ठ बताउछन् ।

पहिरोको जोखिम भएको स्थानको सडकमाथि ढुङ्गाको ग्याबिन भरेर तत्काल पहिरो न्यूनीकरण गर्न सके केही हदसम्म सडक तथा बजार क्षेत्रमा पहिरोको डर कम हुने मेलम्ची बजारवासी बताउँछन् ।

हरेक बर्खामा जिल्लाको लागर्चे गाविसस्थित तिपेनी बजारमा पहिरोले सताउने गरेको स्थानीयवासी बताउँछन् । अहिले भूकम्पपछिको समयमा त झन बढी जोखिम रहेको छ । एउटा सानो ढुङ्गा खस्यो भने आफ्नो पसल अगाडिनै आइपुग्छ ठूलाठूला ढुङ्गाले त झन मानवीय क्षति हुने ठूलो डर रहेको स्थानीय ब्रह्मलाल श्रेष्ठ बताउनुहुन्छ ।

बर्खाको समय यस तिपेनी बजार भएर मान्छे आवतजावत गर्नै डराउँछन् हरेक समयमा आउने पहिरोको कारण स्थानीय र यात्रुसमेत अताल्लिएका छन् । स्थानीयवासी पहिरोले तिपेनी बजार निकै जोखिमपूर्ण भएको भन्दै पहिरो रोकथामको लािग गाविस वा अन्य कु्नै निकायले चासो दिनुपर्ने बताउँछन् ।

विनाशकारी भूकम्पसँगै ग्रामीण तथा बजार क्षेत्रका विभिन्न स्थानमा धाँजा फाटेका र जमिनसमेत कमजोर बनाएका कारण जिल्लाको बरुवा, लागर्चे, लिस्ती, तातोपानीलगायतका स्थान पहिरोको उच्च जोखिममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment