Comments Add Comment

चलचित्रमा उश्रृङ्खलता बढेकोमा दयारामको चिन्ता

dayaram-dahal-1

काठमाडौं । पहिलो पटक राज्यवाट प्रवल जनसेवा पदक विभुषवाट सम्मानित हुन पाएकोमा खुसी छन् दयाराम दाहाल । चलचित्र क्षेत्रमै २५ वर्ष बिताएका यी निर्देशकले अहिलेसम्म ४२ वटा फिल्म निर्देशन गरेका छन् ।

पछिल्लो पटक हिट फिल्म ‘लुटेरा’ निर्देशन गरेका दाहालको ‘लै बरि लै’ प्रदर्शनको तयारीमा छ भने नयाँ फिल्मको स्क्रिप्ट लेखनमा ब्यस्त छन् ।

‘ढिलै किन नहोस्, राज्यले सम्झ्यो खुसी छु । तर, तक्मा बाँडेर मात्रै समग्र कलाको विकास हुन्न ।’ अनलाइनखबरसंग कुरा गर्दै दाहालले भने ‘नेपाली फिल्ममा अराजकता मौलाउदो छ यसलाई नियन्त्रण गर्नुपर्छ ।’

केही कलाकारको चल्तीफिर्ती बढेपनि समग्र कलाकारको स्थिती नाजुक भएकोमा चिन्ता ब्यक्त गर्ने यी निर्देशकले विकास बोर्ड प्रभावकारी हुन नसकेको गुनासो गरे । ‘विकास बोर्ड त कुनै ब्यक्तिको जागीर खाने अड्डा जस्तो भयो केही काम गरेन ।’ उनले भने ।

कलाकारसंघ, निर्देशक समाज, निर्माता संघ लगायतका संघसंस्था पनि राजनितीक अभिष्ट पुरा गर्ने थलो भएकोमा चिन्ता ब्यक्त गर्ने दाहालले नेपाली सिनेमामा उश्रृङ्खलता बढेको बताए ।

‘जसलाई जे मन लाग्छ त्यहि विषयमा फिल्म बनाउन प्रवृत्ति रोक्नुपर्छ ।’ उनले भने ‘नयाँ प्रयोगको नाममा फिल्ममा उश्रृङ्खलता प्रस्तुत हुन थाल्यो ।’

नेपाली समाजको आफ्नो खालको संस्कार र मान्यता रहँदै आएको बताउने दाहाल उश्रृङ्खलता रोक्न बेलैमा पहल नगरे नेपाली फिल्मको स्थिती भयाबह हुने ठोकुवा गर्छन् । ‘अहिले जुन अराजकता छाएको छ । यसलाई नियन्त्रण गर्न सकिएन भने भोलीको स्थिती नाजुक हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment