Comments Add Comment

‘प्रेमकथा’ विमोचनमा भक्तराजलाई सम्मान

premkatha bimochan
गायक प्रेम सेनको आवाजमा समावेश आधुनिक गीतहरुको एल्बम ‘प्रेमकथा’ सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा भजन शिरोमणी भक्तराज आचार्य, गायकद्धय सत्य-स्वरुप आचार्यले एल्बमको बिमोचन गरे । कार्यक्रममा गायक सेनले भजन शिरोमणीलाई ताम्रापत्र र २५ हजार नगदसहित सम्मान गरे । यो एल्बममा आधुनिक शैलीका ७ वटा गीत समावेश छन्

गीतमा नरेश भट्टराई, साजन शाह, कमल खत्री, सुर्य दोङ, टिका बोमजनका शब्द समावेश छन् ।
विमोचन समारोहमा गायक तथा संगीतकार सत्यराज आचार्यले विमोचित एल्बमका गीतहरुको समिक्षा गर्दै गायक प्रेम सेनको गायन कलाको प्रसंसा गरेका थिए ।

सत्यराजको समिक्षा सुनेपछि उनका बुवा भक्तराज आचार्यले कार्यक्रम सञ्चालक नरेश भट्टराईमार्फत गायक प्रेमको गायकीको प्रसंसा गर्दै गीत गाउँदा स्पष्ट शब्द उच्चारणमा ध्यान दिनु पर्ने सुझाव दिएका थिए ।

समारोमा एल्बममा समावेश दुई वटा गीतको म्युजिक भिडियो पनि शो गरिएको थियो । अर्जुन अधिकारीद्वारा संगीतबद्ध ‘तिमीले ला’को’ गीतको भिडियोमा जीवन भट्टराई तथा विपना थापाले अभिनय गरेका छन् । प्रसन्न पौडेलद्वारा निर्देशित ‘थाहा छैन’ गीतको भिडियोलाई भने प्रसन्न पौडेलले निर्देशन गरेका छन् जसमा विवेक सिंह ठकुरीले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment