Comments Add Comment

मौसम परिवर्तनले हिमाली क्षेत्रका पशुपालक समस्यामा

chauri१९ जेठ, ताप्लेजुङ । बेमौसमी हिमपात तथा मौसममा बारम्बार हुने परिवर्तनले ताप्लेजुङ लगायतका हिमाली क्षेत्रका पशुपालक किसान समस्यामा परेका छन् ।

पहिला पानी, हिउँ, असिना पर्ने, हावाहुरी चल्ने समयको तालिका जस्तै भएपनि अहिले कुनवेला के हुन्छ पत्तै हुन छोडेको किसानहरु बताउँछन् ।

पशुचौपाय लिएर जंगलमा निस्किएका किसान एक्कासी हुने मौसम पविर्तनको जोखिममा पर्ने गरेका छन् । मौसम राम्रो देखेर चरनका लागि जंगल र भिरमा पुगेका चौरी र चौपाय लिएर पुगेका किसान अचानक मौसममा आउँने परिवर्तन आउँदा पहिरो र हिमपातमा पर्ने गरेका छन् भने र्फकन खोज्दा लडेर चौरी र याकको समेत मृत्यू हुनेगरेको स्थानीयको भनाइ छ ।

यस स्थानका स्थानीयले पशु चौपाय घरमानै रहेको गोठमा नराखि जंगलमा छाड्ने हुँदा समेत बेमौसमी वर्षा र हिमपातले पशुचौपायलाई प्रभाव पार्ने ओलाङचुङगोला गाविसका चौरी पालक नुपु शेर्पाको भनाइ छ ।

हिउँ पर्नसाथ जोगिनका लागि चौरीहरु गोलो घेरा लागेर आफैं बस्छन् । एक आपसमा मिलेर बस्ने चौरीहरु अचानक हिमपात हुँदा सानो क्षेत्रमा परेभने नअटेर लडेर मर्ने गरेको शेर्पाले बताए । केहि समय अघि मात्र अचान हिमपात हुँदा पापुङ ४ मा एकै गोठका १९ वढा चाैँरी र याक लडेर मरेका थिए । पानी मात्रै पर्ने यो बेलामा जेठ लाग्दादेखि नै  ४ हजार मिटर माथीको क्षेत्रमा हिउँ परिरहेको छ ।

chauri_taplejungपहिला अत्यन्तै कम पर्ने चट्याङले पनि अहिले बारम्बार पर्दा त्रसित वनाएको किसानहरु बताउछन् । पशु चौपायमा क्षती पुर्याइ नसकेको भएपनि गर्जन सहितको लाइटले त्रसित बनाएको छ ।

जलवायु परिवर्तन बिशेसज्ञ मानवहादुर विश्वकर्मा पछिल्ला वर्ष यसको असर प्रत्यक्ष रुपमा देखिन थालेको बताउछन् । ताप्लेजुङका हिउँ पर्ने लेलेप, कालिखोला, याम्फुदिन, सुरुमखिम लगायतका गाविसमा अध्ययन गरेका उनले जलवायु परिवर्तनकै असर भएकाले छनछिनमा परिबर्तन भइरहेको बताए ।  यसले पशुचौपायमा शरिरको रौं झर्ने, छालामा घाउ भएर खुइलीने जस्ता समस्या देखापरेकोपनि बिश्वकर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment