Comments Add Comment

‘सिक्वेल र रिटर्न्स’को फेसन, तर पुगेन मिहिनेत

ashisma and priyanka
वैशाख १० गते चलचित्र ‘बाटो मुनिको फूल २’ रिलिज भयो । यो चलचित्रले अघिल्लो चलचित्र ‘बाटो मुनिको फूल’को रेकर्ड तोड्ने अपेक्षा धेरै थियो । तर, रेखा थापा, बाबु बोगटी, यश कुमार अभिनित चलचित्र ‘बाटो मुनिको फूल’को जती चर्चा पनि यसले पाउने सकेन । कथावस्तु र व्यापारिक रुपमा ‘बाटो मुनिको फूल २’ भन्दा ‘बाटो मुनिको फूल’ धेरै अगाडि देखियो ।

नेपालमा अहिले सिक्वेल र रिटर्न्सको फेसन नै चलेको छ । निर्माता तथा निर्देशक निश्चल बस्नेतले समेत केही बर्ष कुरेर चलचित्र ‘लुट’को सिक्वेल बनाउन तम्सिएका छन् । उनलाई पनि थाहा छ नेपालमा सिक्वेल चलचित्र सफल छैनन् । यसैले पनि होला, उनले कथावस्तुलाई राम्रो बनाउन समय लगाए । नजिता कस्तो निस्कन्छ, यसका लागि फागुन १३ सम्म कुर्नैपर्छ ।

यो बर्ष केही सफल चलचित्रका सिक्वेल रिलिज हुँदैछन् । अहिले निर्माताहरु नयाँ नाममा चलचित्र बनाउनु भन्दा पनि सिक्वेल निर्माण गरेर व्यापारिक रुपमा ढुक्क हुन चाहन्छन् । तर, पहिलो श्रृङ्खलाको तुलानामा सिक्वेलमा सफलता भेटिएको छैन ।

‘होस्टेल’को सिक्वेलको रुपमा बनेको ‘होस्टेल रिटर्न्स’ले कमाई पनि कम गर्‍यो भने समिक्षकबाट पनि खासै तारिफ बटुलेन । ‘होस्टेल’ निर्माणको हिसाबले पनि धेरै अघि देखिएको थियो ।

व्यापारिक रुपमा सफल भएपनि ‘कबड्डी कबड्डी’ले ‘कबड्डी’को जस्तो समिक्षा पाएन । चलचित्र हेर्नेहरुले ‘कबड्डी’लाई उत्कृष्ट भनेका छन् ।

चलचित्र ‘नाई नभन्नु ल’ भन्दा यसको ३ वटा सिक्वेल निर्माणको हिसाबले पनि कमजोर देखियो । निर्माता तथा निर्देशक विकास आचार्य ‘नाई नभन्नु ल ३ र ४’को व्यापार अघिल्ला २ चलचित्र भन्दा कम भएको स्विकार गर्छन् । ‘नाई नभन्नु ल ४’लाई समिक्षकले सिक्वेलमा सवैभन्दा कमजोर भनेका छन् ।

‘पापी मान्छे, हिम्मत’को सिक्वेललाई हेर्ने हो भने, ती चलचित्र व्यापारिक रुपमा मात्र कमजोर बनेनन्, कथा वाचनका हिसाबले पनि असफल देखिए ।

नेपालमा अहिले चलचित्रको सिक्वेल बनाउने लहर चलेको छ । ‘सुख दुख, ए मेरो हजुर’ जस्ता चलचित्रको पनि सिक्वेल बन्दैछ । तर, दर्शकले अत्याधिक मनपराइसकेको चलचित्रको सिक्वेल बनाउँदा निर्माता तथा निर्देशकले धेरै कुरामा ध्यान दिनुपर्ने हो । तर, यसलाई कम आँकलन गर्दा र दर्शकको ध्यान मात्र तान्न खोज्दा उनीहरु असफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment