Comments Add Comment

मलेसियामा नेपाली कामदारमाथि फेरि धरपकड

एकै दिन १६ पक्राउ

Malaysia२० जेठ, काठमाडौं । मलेसिया सरकारले गैरकानुनी रुपमा बस्दै आएका विदेशी कामदारमाथि फेरि धरपकड थालेको छ ।

राजधानी क्वालालम्पुरबाट मात्रै सोमबार १६ नेपाली कामदार पक्राउ गरेका छन् । क्वालालम्पुरको व्यस्त विग मार्केटबाट १२  मेनरा मेघा भवनबाट चार नेपाली पक्राउ परेका आजको अन्नपूर्णले जनाएको छ ।

अन्य सहरबाट पनि धमाधम नेपाली सहित अन्य मुलुकका विदेशी कामदार पक्राउ परिरहेका स्थानीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् । मलेसियाको अध्यागमन कार्यालयले अवैध तरिकाले बस्दै आएका कामदार पक्रिने अभियान नै सुरु गरेको छ । पक्राउ परेका नेपानीको विषयमा विस्तृत जानकारी खुलेको छैन ।

नेपालीसहित भारतीय, बंगालादेशी, पाकिस्तानी, भियतनामी, फिलिफिनो लगायतका गैरकानुनी हैसियतमा बस्ने कामदार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment