
विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमलादेवी पन्त ।
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- संसदीय समितिले मलेसियाका सांसदहरूसँग अनुभव साट्ने उद्देश्यले बैठक आयोजना गरेको छ ।
- बैठकमा नेपालको संसदीय प्रक्रिया र विकास सम्बन्धी अनुभव आदानप्रदान हुने अपेक्षा गरिएको छ ।
- यो भेटघाटलाई नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र संसदीय अभ्यासलाई प्रवर्द्धन गर्ने अवसरको रूपमा समितिले लिएको छ ।
२९ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका मलेसियाका सांसदहरूसँग नेपालका सांसदहरूले अनुभव साट्दै छन् । यस निम्ति संसदीय समितिले औपचारिक बैठक राखेको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक मंगलबार बिहान ११ बजे बस्दैछ ।
सिंहदरबार स्थित उक्त समितिको सभाकक्षमा बस्ने बैठकमा ‘मलेसियाका सांसदसँग संसदीय प्रक्रियाको बारे अनुभव आदानप्रदान’ गर्ने कार्यसूची छ ।
नेपाल भ्रमणमा आउने विदेशी सांसदहरूसँग अनुभव आदनप्रदान गर्ने अभ्यास रहेको संसद सचिवालयका अधिकारीहरू बताउँछन् ।
यस अन्तर्गत मंगलबार संसदीय समितिले नेपाल भ्रमणमा रहेका मलेसियाका सांसदहरूसँग छलफल गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4