Comments Add Comment

बालुवाटारको सडकमै सुते ‘सहकारी पीडित’

सुधीर बस्नेतलाई कारवाही गर्न माग

Sahakari-Pidit

२० जेठ, काठमाडौं । सुधीर बस्नेतको ओरियन्टल सहकारीबाट पीडित बनेकाहरुले विहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । उनीहरुले वीच सडकमै सुतेर प्रदर्शन गरेका छन् ।

सहकारीबाट पीडित भएको बताउने उनीहरुले बस्नेतमाथि कडा कारवाही गर्न सरकारसँग माग गरेका हुन् ।

‘हामी सुधीर बस्नेतको सहकारीबाट पीडित भएका छौं, ठगी गरेर फरार भएका बस्नेत सरकारी हाकिमलाई भेट्दै मन्त्रालयमा निवेदन दिएर हिँडेका छन्’ ओरियन्टल पीडित कुन्ती पोखरेलले अनलाइनखबरसँग भनिन् ।

Cooking-Stove-at-Baluwatar-Roadबालुवाटार घेराउ गर्न ठूलो संख्यामा सहभागी भएका पीडितहरुले बस्नेतविरुद्ध नाराबाजी गर्नुका साथै बस्नेतलाई संरक्षण नगर्न सरकारसँग माग गरेका छन् ।

यसैसाता बस्नेतले सहकारी विभागका रजिष्ट्रारलाई निवेदन लेखेर ओरियन्टलको कार्यालय पुनः सञ्चालन गर्न पाउँ भन्ने आग्रह गरेका थिए ।

एमाले नेता वामदेव गौतमसमेत सैयौं व्यक्तिको रकम डुबाएका बस्नेतले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेपछि उनीबाट पीडित भएकाहरु सडकमा उत्रिएका हुन् ।

बालुवाटार घेराउ गर्ने क्रममा सडकमा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको र केही प्रदर्शनकारी घाइते बनेको पोखरेलले बताइन् ।

यो पनि पढ्नुहोस्

सुधीर बस्नेतको निवेदन-काम गर्ने वातावरण भए पैसा फिर्ता गर्छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment