Comments Add Comment

नम्रता श्रेष्ठ र नाजिरको निकटता, ‘गाँठो’ले कस्यो डोरी

Namrata Shrestha & Najir Hussen (1)
चलचित्र ‘गाँठो’बाट चलचित्र क्षेत्रमा उदाउन लागेकी मोडल नम्रता श्रेष्ठ र अहिलेका व्यस्त कलाकार नाजिर हुसेनविचको निकटता गसिप बजारका लागि नयाँ मसला बनेको छ ।

नाजिर र नम्रताको निकटता चलचित्र ‘गाँठो’को क्यारेक्टर पोष्टर रिलिज कार्यक्रममा पनि देखिएको थियो । तर, वुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा भने यी दुई निकै नजिक देखिए । यतिसम्म कि नाजिर र नम्रताले एक अर्कालाई खुलेरै केयरिङ पनि गरेका थिए ।

नाजिर र नम्रताको निकटता  देखेर कार्यक्रममा उपस्थित चलचित्रकर्मी र पत्रकारविच पनि चर्चा चलेको थियो । चलचित्र हेर्दा समेत एकसाथ बसेका यी दुइले आफूहरुविच निकट सम्बन्ध छ भन्ने कुरा देखाउन कुनै कसर बाँकी राखेनन् ।
Namrata Shrestha & Najir Hussen (2)
एकसाथ चलचित्र खेलेपछि कलाकारहरुविच मित्रता बढ्नु स्वभाविक नै हो । तर, नाजिर र नम्रताको निकटताले अन्य भाषा पनि बोलिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment