Comments Add Comment

वेनिशालाई स्टेजमा स्थान दिइनन् ऋचाले, के थियो कारण ?

benisha and richa
‘कालो पोथी’को प्रिमियरमा हाबी देखिएकी नायिका ऋचा शर्माले यो चलचित्रकी नायिका वेनिशा हमाललाई स्टेजमा स्थान नदिएपछि अहिले यो चर्चाको बिषय बनेको छ । चलचित्रको रेड कार्पेटमा समेत हाबी देखिएकी ऋचा चलचित्र सुरु हुनुभन्दा अगाडि कार्यक्रम चलाउन स्टेजमा पुगिन् ।

उनले चलचित्रका सबै कलाकार उपस्थित भएको बताउँदै वेनिशाको परिचय गराइन् । वेनिशाले आफू बसेको सिटबाट उठेर उपस्थित अतिथीलाई अभिवादन गरिन् । वेनिशालाई स्टेजमा नबोलाएपछि धेरैलाई लागेको थियो, ऋचाले एक्लै कार्यक्रम सक्नेछिन् । तर, उनले यसो नगरि चलचित्रका मुख्य २ बाल- कलाकारलाई अगाडि बोलाइन् । यसपछि, उनले चलचित्रका निर्देशकलाई स्टेजमा बोलाइन् ।

उपस्थित चलचित्रकर्मी र पत्रकारका लागि वेनिशा हमाल चिनिएकी पात्र थिइन् । वेनिशाको भनाई मिडिया र उपस्थित अतिथीका लागि विशेष हुने थियो । तर, ऋचाले चलचित्रकी मुख्य कलाकारलाई स्टेजमा बोलाइनन् । तर, २ बाल-कलाकार र निर्देशकले भने आफ्नो भनाई राखेका थिए । यसपछि, कार्यक्रम सकियो र चलचित्र सुरु भएको थियो ।

ऋचाले वेनिशालाई स्टेजमा स्थान नदिएपछि हलमा यो बिषयमा चर्चा भयो । केही चलचित्रकर्मीले वेनिशालाई स्टेजमा नबोलाइएको बिषयमा असन्तुष्टी पोखेका थिए । आखिर, चलचित्रकी चिनिएकी नायिकालाई स्टेजमा बोलएर उनको भनाई राख्न दिदा ऋचालाई के आपत्ती थियो, यो ऋचाले नै जान्ने कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment