२० जेठ, काठमाडौं । नेपाल प्रहरीका एसएसपी रमेश खरेल एक वर्षे मिसनको लागि सुडान गएका छन् । पि-४ मिसन अन्तरगत एसएसपी खरेल १ वर्षको लागि सुडान गएका हुन् ।
केही अफ्रिकन देश र शान्ति मिसनमा जाने केही एसियाली मुलुकका प्रहरी अधिकृतबीच हुने प्रतिपस्पर्धामा एसएसपी खरेल छनोट भएका हुन् ।
काठमाडौंको एसएसपी हुँदा विवादास्पद अभिव्यक्ति दिएको भन्दै खरेललाई भरतपुर तालिम केन्द्रमा सरुवा गरिएको थियो । पछिल्लो समय उनी प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए । एसएसपि खरेल गत १७ गते सुडानतर्फ प्रस्थान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4