Comments Add Comment

चोरको दिसाबाट सुन बरामद !

gold-01२१ जेठ, काठमाडौं । सुन चोरी आरोपमा जेठ १७ गते पक्राउ परेका चोरको दिसाबाट प्रहरीले सुन बरामद गरेको छ ।

खाँदबारीको  शनिबारे बजारमा किनमेल गर्न गएकी महिलाको सुनको सिक्री लुटेको आरोपमा प्रहरीले वीरगञ्ज उपमहानगरपालिका २३ अपौलीका रमेशराय यादव, सुनसरीका ४५ वर्षीय राजकुमार यादव, पर्सा हरपतगन्ज– ९ का अमित राययादव र सुनसरी इटहरीका जगनारायण चौधरीलाई पक्राउ गरेको थियो ।

चोरी गरेको सुन नभेटिएपछि प्रहरीले खाएको आशंका गरी एक्सरे गर्दा बिहीबार आन्द्रामा सुन देखिएको थियो । खाँदबारी बजारमा किनमेल गर्दै आएकी पासाङल्ह्मु शेर्पाले लगाएको दुई तोलाको सिक्री,  दिलकुमारी श्रेष्ठको पाँच तोलाको सिक्री र संगीता श्रेष्ठको दुई तोला दुई आनाको सिक्री चोरले खाएको अनुसन्धानबाट पुष्टि भएका छ ।

बजार भर्न आएका महिलाका घाँटीको सिक्री हराएको उजुरी परेलगत्तै प्रहरीले चोरलाई पक्राउ गरेको थियो ।

संखुवासभाका प्रहरी प्रमुख डीएसपी गौतम कुमार केसीले भने, ‘उजुरी लगत्तै हामी चोर पक्राउ गर्न सफल भयौँ । अनुसन्धान सकारात्मक देखिएको छ ।’ प्रहरीको अनुसन्धान टोलीले खाँदबारीको लभिङ हिलबाट दुईजनालाई पक्राउ गरेपछि फरार दुई जना खराङबाट पक्राउ परेका थिए ।

पक्राउ परेका मध्ये काजनारायण चौधरीले सुन खाएका थिएनन् भने बाँकी तीन जनाले सुन खाएको अनुसन्धानबाट खुलेको हो । बजार र भिडभाडमा सुन लुट्ने योजना बनाएर इटहरीबाट को१ज २६५७ नम्बरको रातो रंगको गाडी लिएर यो गिरोह खाँदबारी पुगेको थियो । इटहरीबाट दुई दिनका लागि गाडी लगेको खुलेको छ ।

चोरी आरोपमा पक्राउ परेकाले सुन चोरीको स्वीकार नगरे पछि प्रहरीले एक्सरे गर्न अस्पताल पुर्याएको थियो । एक्सरे रिपोर्टमा नौ तोला दुई आना सुनचोरी गरी खाएको खुलेको हो । एक्सरेका क्रममा अमितको पेटको तल्लो भागमा सुनको सिक्री देखिएको थियो भने रमेशको पेटको सानो आन्द्रामा र राजकुमारको ठूलो आन्द्रामा सुन देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment