+
+
Shares

भूकम्पपीडितको टहरामा चोरी

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २१ गते ६:०९

२१ जेठ, काठमाडों । भूकम्पले घर भत्किएसँगै एक वर्षदेखि अस्थायी टहरामा गुजारा चलाउँदै आएका भूकम्पपीडित दिनदिनै लुटपाट र चोरीको सिकार बन्न थालेका छन् ।

chorभूकम्पबाट बचेका सामान अन्नपात, पैसा र गरगहनासमेत टहराबाटै चोरिन थालेका आजको अन्नपूर्णमा समाचार छ ।

‘छाप्रो नै फोरेर चोरी भयो’ कुशादेवी गाविस ४ का विजय अधिकारी भन्छन्, ‘पीडामाथि झन् पीडा थपिएको छ । भूकम्पमा बाँकी रहकेो अलिकति सम्पत्ति पनि चोरी भयो। ‘ उनले दुखेसो पोख्दै भने, ‘महिलाले खाईनखाइ समूह खोलेर  जम्मा गरेको नगद एक लाख ८४ हजार रुपैयाँ छाप्रो फोरेर चोरी भयो । बँचेको अलिअलि सम्पत्ति पनि चोरस् हुन थालृेका कारण समस्यामा पर्दै आएका छौं । ‘

उनले छाप्रोमा बस्दा घामपानी, हावाहुरी, पहिरोभन्दा पनि चोरको सामना गर्नु परेको दुखेसो पोखे ।

केही दिनअघि सोही गाविसका अर्जुन न्यौपानेको किराना पसलबाट नगद दुईलाख , ५५ पेटी चुरोट र टीभीलगायतका समान चारेरी भएको थियो ।

सोही गाविसकी वृन्दा लबस्नेतको खाद्यान्यसमेत चोरी भएको छ । काभ्रे जिल्लाका कुशादेवी , रयाले, कलाँती, भूमिडाँडा र पनौति नगरपालिकाका विभिन्न स्थानमा पटकपटक चोरीका घटना बढ्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?