Comments Add Comment

केडिया अपहरणकाण्ड: हवल्दारसहित चार प्रहरी निलम्बित

२१ जेठ, कलैया । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले वीरगन्जका उद्योगपति सुरेश केडियाको अपहरण घटनामा बारा कवही गोठ प्रहरी चौकीका हवल्दारसहित चार जना प्रहरीलाई निलम्बित गरेको छ ।

Nepal-Policeकेडियालाई अपहरण गरी लैजाने क्रममा अपहरणकारीले प्रयोग गरेको जिपलाई कवही गोठ प्रहरीले हातको इसाराले रोक्न खोज्दा सजिलोसँग उम्कन सफल भएको घटनाबारे अनुसन्धानका लागि निलम्बित गरिएको हो ।

निलम्बित हुने प्रहरी हवल्दार तेजबहादुर ढकाल, प्रहरी जवानत्रय प्रमोदकुमार यादव, वुनिल महतो र सुरेन्द्रप्रसाद साह छन् ।

यस अगाडि तेलकुवा सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक हेमराज न्यौपाने, कवही गोठ बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्रशम्शेर कुँवर, सशस्त्र प्रहरी हबल्दार र सशस्त्र प्रहरी जवानसमेतलाई निलम्बित गरिएको थियो ।

सशस्त्र प्रहरी कार्यविभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णकुमार तामाङ, नेपाल प्रहरी कार्यविभागका प्रमुख अतिरिक्त महानिरीक्षक केदार साउदको टोलीले अपहरणको घटनाबारे अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा निलम्बित गरिएको थाहा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment