Comments Add Comment

संगीतकार गुरुङको अवस्था ‘गम्भीर र चिन्ताजनक’

पेट र अन्न नलीमा रक्तश्रावको समस्या

Ambar-Gurung
फाइल तस्वीर

२१ जेठ, काठमाडौं । संगीतकार अम्बर गुरुङको स्वास्थ्य गम्भीर र चिन्ताजनक भएको छ । पछिल्लो अवस्थामा उनको पेट तथा अन्न नलीमा रक्तश्राव भएको छ । गुरुङमा उच्च रक्तचाप, मधुमेह र पार्किन्सोनिजमको समस्या पनि छ ।

‘उहाँ बोल्न र मान्छे चिन्न सक्नुहुन्न,’ उपचारमा खटिएका एक चिकित्सकले अनलाइनखबरसँग भने, ‘अवस्था गम्भीर र चिन्ताजनक छ ।’

राष्ट्रिय गीतमा संगीत भरेका गुरुङलाई उपचारका लागि गत सोमबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचार क्रिटिकल केयर मेडिसिन विभाग प्रमुख डा. अर्जुन कार्की नेतृत्वको टोलीले गर्दै आएको छ ।

कार्कीसँगै ग्याष्ट्रोका डाक्टर विवेक शर्मा र न्यूरोका डाक्टर राजु पौडेल लगायत पनि संगीतकार गुरुङको उपचारमा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment