Comments Add Comment

अफगानिस्तानका अनौठा तथ्य, सायद तपाइँलाई थाहा छैन

facts-of-afghanistan-1आर्य सभ्यताको उद्गम मानिने अफगानिस्तान मुस्लिम अतिवादमा फसेर अहिलेको जर्जर अवस्थामा आउनुअघि मानव सभ्यता तथा संस्कृतिको हिसाबमा निकै धनी देश हो । यद्यपि अहिले पनि अफगानिस्तानमा विभिन्न खाले संस्कार तथा संस्कृति र परम्पराहरु कायम छन् जो बाँकी दुनियालाई अचम्ममा पारिदिने खालका छन् ।

अफगानिस्तानमा नयाँ वर्ष कहिले मनाइन्छ ? अफगानिस्तानको राष्ट्रिय खेल के हो ? के तपाइँलाई थाहा छ ?

अफगानिस्तानको राष्ट्रिय खेल बजुकसी हो । बुजकसीको अर्थ बाख्रा समात्नु हुन्छ । अर्थात् घोडामा दौडिएर मरेको बाख्रा समात्ने खेल नै अफगानिस्तानको राष्ट्रिय खेल हो । यो खेल देशको उत्तरी इलाकामा निकै लोकपि्रय छ र बुजकसीका विभिन्न प्रतियोगिताको आयोजना गर्ने गरिन्छ ।

अफगानिस्तानमा हरेक वर्ष मार्च २१ मा नयाँ वर्ष मनाइन्छ । नयाँ वर्षलाई अफगानिस्तानमा नवरोज भनिन्छ ।
अफगानिस्तान सन् १९१९ मा बेलायतबाट स्वतन्त्र भएको हो । स्वतन्त्रताको लागि अफगानीहरुले ३ पटक बेलायतसँग लडाइँ गर्नुपरेको थियो । यस हिसाबले अफगानिस्तान भारत भन्दा २८ वर्ष पहिले स्वतन्त्र भएको हो ।

अफगानी समाजमा हजारौँ वर्ष पूरानो एक परम्परा छ, त्यो हो कथा कविता सुनाउने । पश्चिमी सहर हेरातमा बिहिबारको रात पुरुष, महिला तथा बच्चाबच्ची जम्मा भएर प्राचीन कथाहरु सुन्ने सुनाउने गर्छन् । साथै हेराती सँगीत र चियाको चुस्की पनि लिन्छन् ।

विश्वको सबैभन्दा पहिलो तैलचित्र बनाउने देश अफगानिस्तान नै हो । अफगानिस्तानको बामियान प्रान्तका गुफाहरुमा इशापूर्व ६ सय वर्ष पहिलेका तैलचित्रहरु फेला परेका छन् । अफगानिस्तान कुनैबेला बुद्ध धर्मको केन्द्रजस्तै थियो । बामियानमा बुद्धका दुइ ठूला मूर्तिहरु थिए, जसलाई तालिवानले सन् २००१ मा नष्ट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment