Comments Add Comment

भदौमा शिल्पाको ‘वृन्दावन’, असफल भए छविलाई हुनेछ तनाव

shilpa pokheral
गतबर्ष रिलिज भएको एउटा मात्र चलचित्र ‘फागू’ असफल भएपछि नायिका शिल्पा पोख्रेल अहिले हराएजस्तै छिन् । हुनत, उनले चलचित्रमा काम गरिरहेकी नै छन् । तर, छविराज प्रोडक्शनको ब्यानरमा काम गर्दाको जस्तो चर्चा उनले अरुबाट पाएकी छैनन् ।

निर्माता ओझाले शिल्पालाई लिएर निर्माण गरेको चलचित्र ‘किस्मत २’ त असोज २१ गतेबाट रिलिज हुँदैछ । तर, यो चलचित्र अगावै शिल्पा अभिनित अर्को एक चलचित्र रिलिज हुने भएको छ ।

भदौ १७ गते रिलिज हुन लागेको चलचित्र हो, ‘वृन्दावन’ । रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा शिल्पाको साथमा किशोर खतिवडा मुख्य भूमिकामा छन् । यो चलचित्रलाई एक्सन र प्रेमकथामा तयार पारिएको छ ।

राजबहादुर सानेले निर्देशन गरेको चलचित्रलाई रुद्राक्षी खनालले निर्माण गरेकी हुन् । अन्य ४ चलचित्र पनि भदौ १७ मै रिलिज हुने भएपनि आफू भिड्न नभई दर्शकलाई मनोरञ्जन दिन आउन लागेको निर्देशकको दाबी छ ।

भदौ १७ मा यो चलचित्र रिलिज भएर सफल भएको खण्डमा निर्माता छविराज ओझाको ‘किस्मत २’लाई फाइदा नै हुनेछ । तर, चलचित्र नचलेको खण्डमा शिल्पालाई झट्का लाग्नेछ । जसको प्रत्यक्ष असर छविको चलचित्रलाई पनि पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment