Comments Add Comment

तीन जना पूर्वलडाकु खैरो हेरोइनसहित पक्राउ

Arrested-1
फाइल तस्वीर

२३ जेठ, काठमाडौं । लागुऔषध ब्राउन सुगरसहित प्रहरीले तीन जना पूर्व लडाकुहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत बालाजुबाट खटिएको टोलीले माछापोखरीबाट रुकुम र रोल्पा घर भएका पूर्व लडाकुहरुलाई पक्राउ गरेको हो ।

रुकुम चुनुवाङका जगत पुन, रोल्पा कोटगाउँका अक्तबहादुर घर्तीमगर र रोल्पा गैरीगाउँका प्रवेश डि.सी. ब्राउन सुगरसहित पक्राउ परेको बालाजु प्रहरीले जनाएको छ । बालाजु बृतका डिएसपी संजिव शर्माका अनुसार उनीहरुको साथबाट ६८ ग्राम ब्राउन सुगर अर्थात खैरो हेरोइन बरामद भएको छ ।

२८ वर्षीय जगत पुन सेना समायोजनताका ५ लाख रुपैयाँ बुझेर स्वेच्छिक अवकाश लिएका पूर्वलडाकु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका अन्य पनि पूर्व लडाकु हुन् तर उनीहरुले सेना समायोजन भन्दा अघि नै माओवादी छाडेको बताइएको छ ।

माछापोखरीमा शंकास्पद तरिकाले हिंडिरहेका जगत पुनसहितका युवाहरुलाई सोधपुछ गर्दा स्पष्ट नबोलेको र भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको डिएसपी शर्माले बताए  । तिनै जनाको शरिर खानतलासी गर्दा खैरो हेरोइन भेटिएको थियो । उनीहरु खैरो हेरोइन बिक्री गर्ने उद्देश्यसहित हिँडिरहेको अवस्थामा पक्राउ परेको पनि डिएसपी शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment