Comments Add Comment

देउवाले भने- संविधान कार्यान्वयन सजिलो छैन

बजेट आत्मघाती, नीति तथा कार्यक्रम हास्यास्पदः विमलेन्द्र

Sher Bahadur Deuba२४ जेठ, भक्तपुर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन सहज नभएको बताएका छन् । सबैभन्दा ठूलो दलको हैसियतले संविधान कार्यान्वयनको जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको भन्दै उनले त्यसका लागि सबैभन्दा पहिले स्थानीय निकायको चुनाव हुनुपर्ने बताए ।

सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा देउवाले भने, ‘संविधान कार्यान्वयन सजिलो छैन, संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन हुनुपर्छ ।’

स्थानीय निकायको चुनावपछि संसदीय निर्वाचन र राष्ट्रिय सभाको निर्वाचनपछि मात्र संविधान कार्यान्वयन हुने उनको दाबी छ । पूर्वप्रधानमन्त्री देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनतालाई झूटो आश्वासन बाँडेको र संविधान कार्यान्वयनमा चासो नदिएको आरोप लगाए ।

‘ओली सरकारलाई संविधान कार्यान्वयनमा कुनै चिन्ता छैन, झुटा आश्वासन दिएर मात्रै हुँदैन,’ देउवाले भने, ‘प्रधानमन्त्री ओली झुटो आश्वासन दिएर नथाक्ने र झुटा नारा दिएर नागरिकलाई झुक्याउने काम गरिरहेका छन् ।’

संविधान कार्यान्वयनको नेतृत्व अब कांग्रेसले लिने देउवाले बताए । ‘संविधान कार्यान्वयनमा सरकारले चासो दिएन, अब संविधान कार्यान्वयनको नेतृत्व कांग्रेसले लिन्छ,’ देउवाले भने ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधीले सरकारले ल्याएको बजेट आत्मघाती र नीति तथा कार्यक्रम हास्यास्पद भएको टिप्पणी गरे ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य डा. प्रकासशरण महतले कुरा मात्रै गर्ने तर काम नगर्ने ओली सरकारका कारण देश पछि परेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment