+
+
Shares

हल्लाका बीच ग्राण्डी हस्पिटलमा यस्तो थियो माहोल

कविन अधिकारी कविन अधिकारी
२०७३ जेठ २४ गते १६:१४

amar gurung relatives (2) (1)

ग्राण्डी हस्पिटलमा बिहान साढे १० बजे पुग्दा मुर्धन्य संगीतकार अम्बर गुरुङको विषयमा चलेको हल्ला उत्कर्षमा पुगेको थियो । अस्पतालमा मानिसहरु भिड लाग्न थालिसकेका थिए ।

कन्फ्रेन्स हलमा आफन्त र शुभचिन्तकबाट घेरिएर रहेकी गुरुङपत्नी वीना विक्षिप्त अवस्थामा थिइन् । उनलाई कसैले पानी खुवाउने प्रयास गर्दै थिए, कोही सान्त्वना दिइरहेका थिए । जेठो छोरा राजु आमाकै नजिकै बसेर एकोहोरो टोलाइरहेका थिए ।

अस्पतालमा थुप्रै चिरपरिचित अनुहारहरु पनि देखिए । पर्यटनमन्त्री आनन्द पोख्रेल, फिल्म निर्देशक तुलसी घिमिरे, पूर्वसेनापति छत्रमान गुरुङ, साहित्यकार वैरागी काईंला, संगीतकार शिलाबहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, निर्देशक प्रकाश सायमी गम्भीर मुद्रामा थिए ।

amar gurung relatives (3)

निर्देशक घिमिरेले गुरुङको विषयमा हल्ला सुनेपछि हतारिएर अस्पताल पुगेको बताए । उनले भने, ‘उहाँलाई भेट्न जाने योजना थियो, तर हल्ला आएपछि हतारिएर पुगियो ।’

घिमिरेले संगीतकार गुरुङलाई आजै प्रत्यक्ष भेटेको बताए । ‘उहाँको आँखा खुलेको थिएन, अक्सिजन लगाएको अनुहार अलिअलि चलेको थियो ।’

यो पनि पढ्नुस्: मृत्युको हल्ला चलाइएकोमा परिवारका सदस्य दु:खी

1

amar gurung relatives (4)

amar gurung relatives (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?