Comments Add Comment

चितवन नापी कार्यालयबाट २ ‘बिचौलिया’ पक्राउ

२५ जेठ, चितवन । चितवन प्रहरीले बिचौलिया भन्दै जिल्ला नापी कार्यालयबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले नापी कार्यालयको फाँट भित्रबाट यसराम महतो र हरिप्रसाद वाग्लेलाई पक्राउ गरेको हो ।

Jilla_Napi_Chitwanसरकारी कार्यालयहरुमा बिचौलियाको विगविगीले सर्बसाधारण हैरान भएपछि बिचौलियाविरुद्ध अपरेशन थालेको प्रहरी उपरिक्षक वसन्त कुँवरले बताए । ‘हामीले १ महिनायता अप्रेशन सुरु गरी बिभिन्न निकायमा निगरानी राख्ने काम गरिरहेका थियौं,’ उनले अनलाइनखबसँग भने, ‘जनतालाई हैरान पर्ने र जनता लुट्ने गुनासाका आधारमा यो अप्रेशन जारी जारी रहनेछ ।’

यसअघि चितवनको क्यान्सर अस्पतालमा विचौलिया गर्ने २७ जना, जिल्ला प्रशासान कार्यालयबाट ३ जना र मालपोत कार्यालय चितवनबाट २ जनालाई चितवन प्रहरी पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको प्रहरी उपरिक्षक कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment