+
+

अम्बरको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

उपप्रधानमन्त्री रावलले राष्ट्रिय झण्डा ओढाए

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २५ गते १८:०७

ambar gurung death (8)

२५ जेठ, काठमाडौं । दिवंगत वरिष्ठ संगीतकार अम्बर गुरुङको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । हिन्दु र वौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो ।

आर्यघाटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाइ स्वर्गीय गुरुङप्रति सम्मान प्रकट गरे । तीन छोरामध्ये जेठा छोरा किशोरले दागबत्ती दिएका थिए ।

अन्तिम संस्कार गर्ने क्रममा बौद्ध लामाले बौद्ध संस्कारअनुसार मन्त्रोच्चारण गरेका थिए । त्यस्तै नेपाली सेना र नेपाल प्रहरीले सलामी अर्पण गरेका थिए ।

ambar gurung death (9)

गीतकार र गायकसमेत रहेका गुरुङको ७९ वर्षको उमेरमा मंगलबार ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

यसअघि उनको पार्थिव शरिर अस्पतालबाट ल्याएर प्रज्ञा भवन कमलादीमा राखिएको थियो । कमलादीबाट शवयात्रासहित आर्यघाट पुर्‍याइएको थियो । गुरुङको अन्तिम बिदाइमा गीत–सङ्गीत क्षेत्रका व्यक्ति र सर्वसाधारण सहभागी थिए ।

ambar gurung death (2)

ambar gurung death (3)

ambar gurung death (1)

ambar gurung death (6)

ambar gurung death (4)

तस्वीर: कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?