Comments Add Comment

मुक्तिनाथबाट फर्कने क्रममा एक भारतीयको मृत्यु

२६ जेठ, काठमाडौं । मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्कने क्रममा एक भारतीय तीर्थयात्रीको मृत्यु भएको छ ।

भारतबाट एक छोरा र श्रीमती सहित मुक्तिनाथ दर्शन गर्न आएका सी एस एच गोपालकृष्णको हाइअल्टीच्युडका कारण मृत्यु भएको हो ।

उनलाई स्वास प्रस्वासमा समास्या आएसँग उनको घटनास्थलमै मृत्यु भएको थियो । उनका श्रीमती र छोरा समेतमा स्वास प्रश्वासमा समास्या आएपछि हेलिकप्टरबाट उद्धार गरी पोखरास्थित मणिपाल अस्पताल ल्याइएको थियो । उनीहरुको अवस्था समान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment