Comments Add Comment

संघीय गठबन्धनको अनसनलाई दमननाथको समर्थन

'असन्तुष्टि सम्वोधन नभए संविधानको आयु छोटिन्छ'

२६ जेठ, काठमाडौं । नागरिक समाजका अगुवा एवम् पूर्वसभामुख दमननाथ ढुंगानाले मधेस आन्दोलनलाई सम्बोधन नगरेमा संविधानको आयु छोटि्टने बताएका छन् ।

Daman-Nath-Dhunganaमधेस आन्दोलनको मुहान २०६२/६३ को दोस्रो जनआन्दोलनको मुहान भन्दै उनले असन्तुष्ट पक्षलाई सम्वोधन नगरेसम्म संविधान कार्यान्वयन नहुने चेतावनी दिएका हुन् ।

संघीय गठबन्धनको रिले अनसनमा ऐक्यवद्धता जनाउन बुधबार खुलामञ्चमा गएका ढुंगानाले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘मधेस आन्दोलनको सुनुवाई नगरीकन असन्तुष्टहरूलाई टेबुलमा ल्याएर, राखेर छिनोफानो नगरीकन मलाई लाग्छ, यो संविधान कार्यान्वयन हुँदैन । यो संविधानको आयु लम्बिदैन ।’

उनले मधेसी र जनजातीहरुको असन्तुष्टि हुँदा हुँदै जारी गरिएको संविधानमा प्रश्न उब्जिएको टिप्पणी गरे । संविधान जारी गर्ने दलहरुलाई उनले अहिलेको संविधानलाई बचाउने कि नबचाउने भनेर प्रश्नसमेत गरे ।

‘यो आन्दोलन भनेको संविधानकै प्रश्न हो । यसले संविधानमाथि नै प्रश्नचिन्ह लगाएको छ,’ ढुंगानाले भने, ‘जसले यो संविधान निर्माण गर्नुभयो त्यसलाई लिएर यो सबै ठिक छ, सबैको अधिकार छ भन्नुहुन्छ । उहाँहरूलाई प्रश्न छ मेरो, यो संविधान बचाउने कि नबचाउने ? फेरि पनि हामी यो संविधान छोडेर अर्को संविधानमा जानुपर्ने हो कि ? के त्यही चाहेको हो ?’

उनले मधेस केन्द्रित दल लगायतको आन्दोलनले दीर्घकालीन रुप लिएमा संविधान टिकाउन गाह्रो हुने भएकाले जतिसक्यो छिटो वार्तामार्फत् समस्याको छिनोफानो गर्नुपर्नेमा जोड दिए । उनले माग छिटो सम्वोधन नभए शान्तिप्रक्रिया अपुरो हुने बताए । ‘यो आन्दोलनले एउटा आफ्नो गति लियो र दीर्घकालिन रुप लियो भने यसले संविधानमाथि प्रत्यक्ष असर पार्छ । यो संविधानलाई टिकाउन गाह्रो पर्छ,’ ढुंगानाले भने ।

उनले आन्दोलनरत मधेस केन्दि्रत दलहरुलाई सरकारले मानवअधिकार विपरित व्यवहार गरेको आरोपसमेत लगाए । उनले असन्तुष्ट पक्षलाई वार्तामा ल्याउने दायीत्व सरकारको भए पनि त्यसअनुसारको व्यहार नभएको दाबी गरे ।

‘कसरी वार्तामा ल्याउने भन्ने सरकारको काम हो । मैले पकाइदिएको छु भनेर काम लाग्दैन, खानको लागि पकाइदिएको हुन्छ त्यो खानेले त्यो खान सक्नुपर्छ,’ उनले भने, ‘असन्तुष्टहरूलाई ल्याउने काम सरकारको हो । के-के गरी ल्याउन सक्नुपर्दछ, त्यो सरकारले नै पहलकदमी गनुपर्दछ । होइन भने फरि हामी पुरानै स्थितिमा पुग्छौं । नेपालीहरूले यही संविधानलाई टिकाउन पनि आन्दोलन गरिरहनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

धिमे बजाउने केटी…

Advertisment