Comments Add Comment

ठूला तीन दलले संयुक्त आहृवान गरेमात्र वार्ताः कर्ण

Dal-ka-neta

२६ जेठ, काठमाडौं । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले तीन ठूला पार्टीले संयुक्त आहृवान नगरेसम्म आन्दोलनरत मधेसी गठबन्धन वार्तामा नबस्ने ठोकुवा गरेका छन् ।

रिपोर्टर्स क्लवमा आज आयोजित अन्तरक्रियामा सदभावना सहअध्यक्ष कर्णले तीन ठूला पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी -केन्द्र)ले वार्ताका लागि संयुक्त आहृवान भएमात्र आफुहरु वार्तामा आउने प्रष्ट पारे ।

नेता कर्णले मधेश आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, मानव अधिकारको चरम उल्लंघन भएकोले त्यसको सत्यतथ्य छानविन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका कुराहरुपनि वार्ताका आधारभूत सर्त भएको नेता कर्णको भनाइ छ ।

नेता कर्णले अहिलेको सरकारले आफ्ना पार्टीका कार्यकर्तालाई नियुक्त गर्ने काम गरेको भन्दै ओली नेतृत्वको सरकारको आलोचनासमेत गरे ।

कर्णले न्यायिक परिषद खाली भएको उल्लेख गर्दै वर्तमान सरकारले गरेको न्यायधीश र राजदुत सिफारिस प्रक्रिया विवादस्पद भएको टिप्पणी गरे । १५ सदस्यीय सुनुवाई समिति बनाएर ठूला दलले सिण्डीकेट खडा गरेकोमा उनको गुनासो छ ।

उनले भने, ‘१५ सदस्यीय समिति बनाउँदा साना पार्टीलाई पूर्ण रुपमा निश्तेज पारिएको छ, यो अमान्य कुरा हो ।’

प्रचण्ड आए बिचार गर्छौंः मिनेन्द्र रिजाल

यता नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कांग्रेस केपी ओलीको नेतृत्वमा जानै नसक्ने ठोकुवा गरे । उनले भने, ‘ओलीजी प्रधानमन्त्रीको उम्मेद्धवार बन्दाखेरी नै हामी उहाँ प्रधानमन्त्री बन्न योग्य हुनुहुन्न भनेर विपक्षमा खडा भएका थियौं, तर नतिजा हाम्रो पक्षमा आएन र अहिले हामी प्रतिपक्षीमा छौं ।’

नेता रिजालले आफूहरु सरकार परिवर्तन गर्ने खेलमा नभएको समेत स्पष्ट पारे । यद्धपी उनले सरकार अल्पमतमा परेर विघटन भए आफूहरु सरकार बनाउने काममा लाग्ने बताए ।

प्रचण्डसहितको प्रचण्ड बहुमत बोकेको केपी ओली नेतृत्वको सरकारले रेल कुदाउने र पानीजहाज ल्याउने घोषणा गरेकोले आफूहरु अझै एक दुई महिना कुरेर त्यो हेर्ने पक्षमा रहेको उनको भनाई थियो ।

उनले प्रचण्डको नेतृत्वमा सरकार बनाउन आफूहरुले यसअघि पनि पहल नगरेको भन्दै यसपटक प्रचण्डले प्रस्ताव गरे उनीसँग बसेर मात्रै निर्णय लिने बताए । उनले भने, ‘हामीलाई कुनै चासो छैन, तर प्रचण्डजी फेरि आउनुभयो भने हामी पहिला उहाँसँग बसेर राम्रोसँग छलफल गछौं ।’

तर नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले ०७४ माघसम्म केपी ओली नेतृत्वको सरकार रहने दाबी गरे । साक्षात्कारमा नेता ज्ञवालीले भने,’संविधानको कार्यान्वयन गर्नपनि काँग्रेस लगायत सरकार बाहिर रहेका दलहरु अहिलेकै सरकारमा सहभागी हुनुपर्छ ।’ सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमतीय सरकारको नेतृत्व नगर्ने स्पष्ट पारिसकेकोले अब सरकार परिवर्तनको च्याप्टर नै बन्द भएको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment