+
+
Shares

भ्रष्टाचार गर्नेहरु डिप्रेसनको शिकारः शर्मा

'साउनदेखि विकासका कामहरुको अनुगमन'

एस.के. सान एस.के. सान
२०७३ जेठ २६ गते १५:२०

Rabindra-Prasad-Sharma२६ जेठ, सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वाञ्चल प्रमुख रविन्द्र प्रसाद शर्माले भ्रष्टाचारको कुलत आजैदेखि छाड्न सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरेका छन् । उनले यो कुलतका कारण कर्मचारीहरु आफूसँगै देश र जनतालाई समेत बर्बाद गरिरहेको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकार्वाहीका सम्बन्धमा बुधबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा भने शुरुमा  भ्रष्टाचार गर्ने र पछि डिप्रेसनमा परेर आफ्नो जीबनै बर्बाद गरिरहेको पाइएको बताए ।

‘एकातिर खान पाऊँ भन्ने आशा गरिन्छ भने अर्काेतर्फ अख्तियारले समात्छ भन्ने त्रास पनि छ,’ शर्माले भने, ‘तर खाने प्रवृत्तिमा रोक लाग्न सकेको छैन ।’

अख्तियारको सक्रियताका कारण भ्रष्टाचार गर्नेहरु थोरै डराउन थालेको उनको भनाई छ । ‘भ्रष्टाचार गरेको मान्छेलाई अख्तियारले समात्छ भन्ने डर लाग्न थालेको छ,’ उनले भने, ‘शुरुमा भ्रष्टाचार गर्ने र पछि अख्तियारले समात्छ भन्ने त्राससँगै रक्सी पिउने धेरै पाइएका छन् ।’

रक्सी पिउन शुरु गरेसँगै धेरैमा डिप्रेसन भएको पाइएको उल्लेख गर्दै उनले डिप्रेसनका कारण कतिपयले मृत्युलाई समेत रोजिरहेको बताए ।

साउनदेखि विकासका कामहरुको अनुगमन  

कुनै पनि बहानामा गरिने भ्रष्टाचारलाई अख्तियारले जायज नभन्ने बताउँदै शर्माले आगामी साउनदेखि विकासका कामहरुको अनुगमन  थालिने र अनियमित भएको पाइएमा संलग्न व्यक्तिलाई तत्कालै नियन्त्रणमा लिइने बताए ।

जहाँको काम पारदर्शी भइरहेको छैन त्यहीं ठाउँबाट बढी उजुरीहरु अख्तियारमा आउने गरेको बताउँदै उनले पारदर्शी काम गरेमा शंकाको ठाउँ नरहने बताए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव नवीन जोशीले अख्तियारको कामकार्वाहीबारे कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमाथि नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवणकुमार देवले टिप्पणी गरेका थिए ।

कार्यालय समयमा बाहिर ननिस्कन निर्देशन

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले कार्यालय समयमा गोष्ठी र सेमिनारहरुको आयोजना नगर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । उनले कार्यालय समयमा कार्यालयमै बस्न र अन्य गोष्ठीहरुमा पनि सहभागी नहुन भने ।

सरकारको सचिवस्तरीय बैठकले यस्तो निर्णय भएको बताउँदै उनले कार्यालय समयमा कार्यालय नछाड्न समेत निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?