Comments Add Comment

विप्लव माओवादीको बन्दले जनजीवन प्रभावित, ट्याक्सीमा आगजनी

banda2२७ जेठ, काठमाडौं । विप्लब नेतृत्वको माओवादीले आयोजना गरेको बन्दका क्रममा एउटा ट्याक्सीमाथि तोडफोड भएको छ  ।

कोटेश्वरमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेलामा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।
बिहान कलंकी जान ट्याक्सी रोकेका दुई जनामध्ये एकले वार्गेनिङ गरेको र अर्को व्यक्तिले ट्याक्सिमा पेट्रोल खनाएर आगजनी गरेको प्रहरीले जनाएको छ । आगो लाग्न सुरुगरेसँगै चालक बाहिरिएका थिए । आगजनीका कारण ट्याक्सीमा क्षति पुगेको छ ।

banda5नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले आयोजना गरेको बन्दका कारण सवारीसाधान चल्न सकेका छैनन् । सवारी साधन नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन् ।

भाडाका सवारी साधान नचलेपनि निजी सवारी साधन भने निर्वाधरुपमा सञ्चालन भइरहको प्रहरीले जनाएको छ । सडकमा बन्दकर्ताको उपस्थिति छैन । चोक चोकमा सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति रहेको छ ।

banda3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment