Comments Add Comment

चीनले अरुण नदी किनारमा सडक बनाएपछि नेपाली भूमि बगायो

Arun-River२७ जेठ, काठमाडौं । चीनले मितेरी अरुण नदीको किनारमा पर्खाल लगाएर सडक बनाएपछि नेपाली भूमितिर बग्न थालेको नदीको कटान रोक्न किमाथांकाका बासिन्दाले पर्खाल लगाउन थालेका छन् ।

किमाथांका ७ को हेमांथांकामा अरुण बग्न थालेपछि नेपाली भूमि जोगाउन पर्खाल लगाउन थालिएको आजको अन्नपूर्णमा समाचार छ ।

किमाथांका गाउँ विकास समितिको २४ औं परिषद्को जम्मा पुँजीगत अनुदान नौ लाख ८७ हजार रुपैयाँ अरुणकिनारमा पर्खाल लगाउन खर्च गरिएको छ। स्थानीय बासिन्दाले तेन्छेवी शेर्पाको अध्यक्षतामा नेपाली भूमि बचाऊ समिति गठन गरी काम सुरु गरेका हुन्। उनीहरूले दुई फिट चौडा र १० फिट अग्लो पर्खाल लगाउन थालेका छन्।

नदीले किमाथांकाको केही जमिन बगाइसकेको छ। किमाथांकाका बासिन्दाले अरुणले नेपाली भूमि कटान गरेको जानकारी पटकपटक स्थानीय प्रशासनदेखि मन्त्रीसम्मलाई गराउँदा पनि कुनै सुनुवाइ नभएपछि गाविसको बजेट र २० लाख रुपैयाँभन्दा बढीको जन श्रमदान गरी पर्खाल लगाइएको अध्यक्ष तेन्छेवीले बताए। स्थानीय ८२ परिवारबाट एकजना अनिवार्य श्रमदानमा सहभागी हुँदै आएका छन्। एक महिनादेखि पर्खाल लगाउने काम भइरहेको समितिका सचिव जिप्पा भोटेले बताए।

चीनले पुनर्निर्माण र सहर विस्तार गर्दा अरुणका ढुंगा, गिटी र बालुवा निकालेर प्रयोग गरेपछि खोलाले नेपाली भूमितिर कटान गरेको किमाथांकाका बासिन्दाको आरोप छ। यसमा नेपाल सरकारले कुनै चासो नदिएको उनीहरूको दुखेसो छ। चीनका वाणिज्यदूत किमाथांका आएका बेला आफूहरूले अरुण नदी नेपालको भूमिमा पसेकाले पर्खाल लगाउन सहयोग माग गरेको स्थानीय निमाछेदर शेर्पाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment