Comments Add Comment

गोरु काटेको आरोपमा पाँच पक्राउ

Jail Logo२८ जेठ, चितवन । चितवननको माडीमा गोरु काटेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

राष्टिय जनावर गाई प्रजातिको गोरु काटेको आरोपमा माडी-३ की सुनिता नेपाली, माडी-४ को १६ बर्षका सागर नेपाली, सोही ठाउँका १९ बषिर्य शिव नेपाली, माडी-४ का २५ बर्षका जिवन नेपाली र माडीकै ४५ बर्षकी कोपिला नेपालीलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।

माडीको चितापुल नजिकै सिसौ घारीमा काटेर फ्याँकेको गोरु फेला परेको थिए । अनुसन्धानका क्रममा गोरु काट्ने कार्यमा उनीहरु संलग्न रहेको अनुसन्धानबाट खुलेसँगै पक्राउ गरिएकेा प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याईएको छ ।

पक्राउ परेकाहरुलाई गौ वध ऐन अन्तरगत मुद्धा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गोरुलाई रटेर रगत र दुई फिला लागेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment