+
+
Shares

जब एउटा बाँदरले गराइदियो देशभर लोडसेडिङ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २८ गते ८:५९

monkeyहामीकहाँ बाँदरले बालीनाली खाएर सखाप पारिदिएको तथा मान्छेलाई पनि आक्रमण गर्ने गरेका समाचार आइरहन्छन् । तर एउटा बाँदरको शक्ति बाली खानमा मात्र कहाँ सिमित हुँदो रहेनछ । देशभरको बिजुली काटिदिएर अन्धकार बनाइदिन सक्दो रहेछ एउटा नाथे बाँदरले ।

हालै अपि|mकी देश केन्यामा एउटा बाँदरले पूरै देशलाई अन्धकारमय बनाइदिएको छ । केन्यामा बिजुली उपलब्ध गराउने केन्जेन नामक कम्पनीका अनुसार एउटा बाँदरका कारण पूरै देशको बिजुली आपूर्ति रोकिएको हो ।

कम्पनीले जनाए अनुसार गिटारुस्थित एक जलविद्युत आयोजनाको ट्रान्सर्फमरमाथि एउटा बाँदर अचानक लडपछि ट्रान्सर्फमर पनि खस्यो । जसका कारण उक्त जलविद्युत आयोजनाबाट उत्पादित १८० मेगावाटको विद्युत सप्लाइ पूर्णरुपमा रोकियो र पूरै देश अन्धकारमय बन्यो । रोकिएको विद्युत आपूर्ति पुनः सूचारु गर्नका लागि ४ घण्टा लागेको थियो ।

धन्य, बाँदरलाई करेन्ट भने लागेन र देशभर लोडसेडिंग गराउने त्यो बाँदर सकुशल नै रह्यो । केन्या वाइल्डलाइफ सर्भिसका कर्मचारीहरुले उक्त बाँदरलाई उद्धार गरी लगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?