Comments Add Comment

१० हजारको लोभमा साथीको हत्या

२८ जेठ, काठमाडौं । चोरी गरिएको रकमको लोभमा आफ्नै साथीको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोकका बलराम ज्योतिलाई प्रहरीले काठमाडौंको दक्षिणढोकाबाट पक्राउ गरेको छ ।

hatyaउनीमाथी बौद्ध तीनचुलेमा संगै कोठामा बस्ने साथी लाक्पा तामाङलाई रडले टाउकोमा प्रहार गरी हत्या गरेको आरोप छ । सिन्धुपाल्चोक दुवाचौरका उनीहरु सात बर्षदेखि एउटै कोठामा बस्दै आएका थिए ।

गत बैशाख २० गते राति रक्सी खाएर चोरी गर्न निस्केका उनीहरु तीनचुलेको छहारी क्लव परिषरमा रक्सीले बेहोर भएर सुतेका मानिससँग १० हजार लुटेर भागेका थिए । पैसा लुटेर भाग्ने क्रममा नजिकै बन्दै गरेको घरबाट रडको टुक्रा लिएका ज्योतिले आरुबारीस्थित मंगलमान श्रेष्ठको खेतमा पुगेपछि साथी लाक्पालाई सोही रडले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

त्यसपछि सिन्धुपाल्चोक र काठमाडौंमा लुकिछिपी बस्दै आएका उनलाई प्रहरीको अपराध महाशाखाले हिजो पक्राउ गरेको हो । उनी यसअघिपनि चोरी र डाँकागिरीको मुद्धामा पक्राउ पर्दै छुट्दै गरेका पेशेवर चोर थिए । अभियुक्त ज्योतिलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिषर बौद्धमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment