+
+
Shares

चुनाव हार्नेको दबाबले देउवा तनावमा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २९ गते ६:३२

Sher Bahadur deuba२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा चुनाव हारेका नेताले केन्द्रीय सदस्य मनोनित गर्न दबाब बढाएपछि सभापति शेरबहादुर देउवा तनावमा परेका छन् ।

केन्द्रीय सदस्यमा पराजित सबैले मनोनित गर्न भन्दै धम्की दिन थालिएपति उनी तनावमा परेका हुन् ।

पराजितहरुको दवावबीच देउवाले शुक्रबार मात्रै १३ औं महाधिवेशनमा चुनाव नलडेका तीन नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । उनले किशोरसिंह राठौंर, केशवकुमार बुढाथोकी र श्यामकुमार घिमिरेलाई केन्द्रीय सदस्य मानोनीत गरेका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

यो मनोनयनसँगै पराजितहरुले भलनै दबाब बढाएको देउवानिकट एक नेताले बताए । अब ११ सदस्यको मनोनयन गर्न बाँकी छ ।

देउवा निकट स्रोतका अनुसार ११ मध्ये ६ सिटमा तत्कालै मनोनयन गर्ने योजनामा देउवा रहेका छन् ।

त्यससँगै ४२ वटा विभाग प्रमुख मनोनयान गर्ने तयारीमा देउवा रहेका छन् । यता देउवालाई केन्द्रीय सदस्यमा पराजित भएकाहरुलाई पुनः मनोनित नगर्न दबाब दिएका छन् । केही नेताहरुले भने पराजित भएकाहरुलाई मनोनयन गर्ने परम्परानै भइसकेको भन्दै मनोनयन गर्न सकनिे सुझव दिएका छन् ।

२५ औं स्थानमा आउन नसकी केही चर्चित अनुहार समेत महाधिवेशनमा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?