+
+
Shares

एलजीले ल्यायो लामखुट्टे भगाउने टेलिभिजन

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३० गते ९:१६

Mosquito Away TVअब टेलिभिजन केवल मनोरञ्जनको साधन मात्र रहेन यसले लामखुट्टे भगाउने काम समेत गर्ने भएको छ ।

दक्षिण कोरियाली कम्पनी एलजीले यस्तो टेलिभिजन ल्याएको छ जसले लामखुट्टे भगाउनेछ । साँच्ची अब लामखुट्टेबाट बँच्नका लागि कुनै मस्क्यूटो क्वाइल वा झुलको आवश्यकता पर्नेछैन । मात्र, टेलिभिजन खोल्नुहोस् लामखुट्टे भागिहाल्नेछ ।

एलजीले आफ्नो नयाँ रेन्जको मस्क्यूटो अवे टिभी बजारमा ल्याएको हो । यो टेलिभिजन ३१.४ इन्च र  ४२.५ इन्च स्क्रिनमा उपलब्ध छ ।

खासगरी भारतीय उपमहाद्विपका प्रयोगकर्तालाई अहिलेको गर्मी याममा लक्षित गर्दै एलजीले यो टेलिभिजन उत्पादन गरेको बताइएको छ । यसमा अल्ट्रा सोनिक डिभाइसको प्रयोग गरिएको छ । जुन एकपटक एक्टिभेट गरिसकेपछि लामखुट्टेलाई भगाउने काम गर्नेछ ।

साउण्ड वेभ अर्थात् आवाजका तरंगको माध्यमबाट यसले लामखुट्टे भगाउने काम गर्दछ र कुनैपनि हानिकारक विकिरण उत्पादन गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?