Comments Add Comment

अभिनेत्री प्रियंका कार्कीको प्रस्तुति लस एन्जेलसमा हुने

Priyanka Karki (3)वाशिंगटन डिसी । नेपाली चलचित्रकी अभिनेत्री प्रियंका कार्की अमेरिकाको क्यालिफोर्निया राज्यको प्रख्यात शहर लास एन्जेलसमा आउने भएकी छिन् ।

नायिका कार्की आगामी जुलाई २- ४ सम्म हुन् गइ रहेको प्रथम नेपलीज अमेरिकन कन्भेन्सनमा सहभागी हुन् आउने निधो भएको जानकारी सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुबेदीले दिएका छन् ।

नेपलीज अमेरिकन सम्मेलनको लागि नायिका प्रियंका कार्की जुन महिनाको अन्त्यमा आउने भएकी छिन् ।  प्रियंकाले उक्त सम्मेलनमा तीन दिनै कार्यक्रमहरुमा सहभागिता जनाउने छिन् ।

कार्यक्रम प्रस्तोता ,भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा बिशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुति गर्ने छिन् ।  यसको अतिरिक्त उन्ले भेषभूषा कार्यक्रममा छनौट भएका ९ जना उत्कृष्ट सहभागीहरुलाई समेत बिशेष सहयोग तथा तालिम दिने छिन् ।  फेशन सो (भेषभूषा )प्रदर्शनमा अन्तिम चरणमा पुग्ने सहभागीहरुमा अनुषा कार्की ,रिमा कटवाल ,सब्बु घले ,लक्ष्मी ढकाल, निशा शिवाकोटी ,आरती महर्जन ,रुबी अधिकारी ,रविना बस्नेत तथा सम्पदा रिजाल रहेका छन्  ।

उक्त फेसन प्रदर्शन जुलाई ३ तारिखमा हुने भएको छ भने उक्त सहभागीहरुलाई छनौट गर्ने निर्णायकहरुमा गायिका नलिना चित्रकार ,भेषभुषा रुपकार(फेसन डि जाइनर ) बिना घले तथा विश्व गौतम रहेका थिए  ।

नेपलीज अमेरिकन सम्मेलनमा खेलकुद ,मनोरंजन ,बिबिध मंच ,गोष्ठी ,व्यापार प्रदर्शन ,बालबालिका प्रतिभा प्रतियोगिता ,सांस्कृतिक कार्यक्रम समेत रहने जानकारी बजारीकरण समेत हेर्ने प्याट्रिक सुबेदीले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment