Comments Add Comment

‘सुपर गोर्खे’ बनाउँदैछिन् ऋचा, बिहेपछि थिइन् चुपचाप

richa sing thakuri
चलचित्र ‘नाई नभन्नु ल’ जस्तो चलचित्रमा अभिनय गरेकी नायिका ऋचा सिंह ठकुरी बिहेपछि भने हराएजस्तै छिन् । विहेपछि धेरै नायिका हराएको उदाहरण भेटिन्छ । ऋचाको करिअर पनि सुन्दर तरिकाले अगाडि बढ्न सकेन । तर, उनै ऋचा अहिले आफ्नै निर्माणमा चलचित्र ‘सुपर गोर्खे’ बनाइरहेकी छिन् ।

उनका पति गजेन्द्र राज थापाको निर्देशन तथा लगानीमा यो चलचित्र बनिरहेको छ । बिगत लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका एनआरएन थापाले निर्देशनमा कोर्ष पनि गरेका छन् । यो चलचित्रलाई चाडै नै नेपाल र अष्ट्रेलियामा छायांकन गर्ने निर्देशकको भनाई छ । चलचित्रमा ऋचाको साथमा नव-कलाकार सचिन केसी मुख्य भूमिकामा छन् ।

यी दुइको अलवा गजेन्द्रराज थापा, सुरज ठकुरी, निराजन लुइटेल, कामना भुजेल, भुपेन्द्र क्षेत्री लगायतको अभिनय चलचित्रमा छ । चलचित्रले सुपर हिरो हुनका लागि साहस चाहिन्छ भन्ने कथालाई उठन गरेको छ । चलचित्रमा सौरभ लामाको छायांकन, चन्द्र पन्तको एक्सन, रामजी लामिछाने र कमल राइको नृत्य निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment