Comments Add Comment

छोराको ‘बर्थ डे’मा रेखाको सरप्राइज गिफ्ट, छविदेखि सविनसम्म पुगे

aavash and rekha cake
नायिका रेखा थापाका दिदीका छोरा हुन् आभाष अधिकारी । जसले चलचित्र ‘रामप्यारी’बाट यो क्षेत्रमा नायकको रुपमा डेब्यू पनि गरिसकेका छन् । उनै आभाषको २४ औं जन्मदिनमा ‘मामु’ रेखाले सरप्राइज गिफ्ट दिएकी छिन् ।

केक काट्ने तयारी गर्दै गर्दा रेखाले आभाषलाई कसलाई बढी मिस गरिरहेका छौ भनेर सोधेकी थिइन् । आभाषले आफ्नी मामुलाई धेरै मिस गरेको बताए । रेखाकी जेठी दिदी पार्वती थापा इजरायलमा थिइन् । आभाष र उनकी आमा पार्वतीको ५ बर्षदेखि भेट भएको थिएन ।
rekha chabi and aavash
रेखाले मामुसँग कुरा गर्छौ त भन्दै आभाषको आँखा छोपिदिइन् । आभाषले आँखा खोल्दा उनकी आमा गिफ्ट लिएर अगाडि आइपुगिन् । आफ्नी मामुलाई आँखा अगाडि देखेपछि आभाषका आँखाबाट आशु झरे । आभाषले जन्मदिनको केक काट्दै रेखालाई धन्यवाद दिएका थिए ।
rekha aavash and her sisterरेखाले छोराको जन्मदिनमा निर्माता छविराज ओझा, नायक सविन श्रेष्ठ, निर्माता सुरेश अधिकारी, पूर्व मिस नेपाल उषा खड्गी, नायिका पूजा शर्मा लगायतलाई बोलाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment