Comments Add Comment

अमेरिकी नाइट क्लबमा गोलाबारी, ५० को मृत्यु

Florida-attack

३० जेठ, काठमाडौं । अमेरिकी राज्य फ्लोरिडाको ओर्लान्डो शहरस्थित एक नाइट क्लबमा भएको गोलाबारीमा ५० जनाको मृत्यु भएको छ ।

पुरुष समलिंगीहरुको क्लब पल्समा गोलाबारी भएको हो । प्रहरीका अनुसार आक्रमणकारीको नाम उमर मतीन हुन् र उनी अमेरिकी नागरिक भएको बताइएको छ ।

घटनामा ५० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । उनीहरूलार्इ अस्पताल भर्ना गरिएको छ । आक्रमणकारीले केहीलाई बन्धक समेत बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment