३१ जेठ, काठमाडौं । नेपालले वैशाख पहिलो साता विश्व त्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियासँग खेल्ने तयारी गरिरहेको बेला प्रशान्त न्यौपानेको तस्वीर सार्वजनिक भयो ।
एउटामा उनी कागजको डल्लोलाई क्रिकेटको बल बनाएका थिए भने अर्कोमा उनले पत्रिकामा छापिएको पत्रिकाको पारस खड्काको तस्वीर देखाइरहेका थिए । र, उनले क्रिकेट खेल्न इच्छा व्यक्त गरेका थिए ।
योे तस्वीरले धेरैको ध्यान तान्यो । परिणामतः उनी काठमाडौं आएर नेपाल र नामिबियाको खेल त हेरे नै क्रिकेट खेल्ने र काठमाडौंमा पढ्ने उनको सपना पनि साकार भएको छ ।
उनी अहिले ग्रेट हिमालय क्रिकेट एकेडेमीमा क्रिकेट सिकिरहेका छन् । र, शान्तिनगरस्थित बेबिलोन उच्च माविमा अध्ययन गरिरहेका छन् । न्यौपाने कक्षा आठका विद्यार्थी हुन् र उनलाई बेबिलोन स्कुलले नै होस्टलमा बस्ने व्यवस्थासहित पूर्ण छात्रवृत्ति दिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहितको पहलमा उनको क्रिकेट खेल्ने र काठमाडौंम पढ्ने व्यवस्था मिलाइएको हो । कप्तान पारसले अनलाइनखबरसँग भने, म लगायतका साथीहरु गएर कुरा गरेपछि स्कुलले छात्रवृत्ति दिएको हो ।’
उनको स्कुल र क्रिकेट एकेडमी नजिकै छ । उनी विहानको समयमा क्रिकेट सिक्न जाने गरेका छन् ।
ग्रेट हिमालय क्रिकेट एकेडेमीका निर्देशक सुदीप शर्माका अनुसार न्यौपाने अहिले बेसिक लेभलको क्रिकेट सिकिरहेका छन् । उनले भने, ‘उनमा क्रिकेट खेल्नै ठूलो भोक छ र केही क्षमता पनि देखिएको छ । अहिले उनलाई २५ जनाको समूहमा राखिएको छ ।’
न्यौपानेका अपांङ्ग दम्पत्तिका सन्तान हुन् । पोलियोका कारण उनका बुबा रुक्माङ्गतको दुबै खुट्टा सुकेको छ भने आमा जमुनाको हातको हत्केला गुमेको छ ।
परिवारको आर्थिक अभावका कारण राम्रो स्कुलमा पढ्ने र क्रिकेट खेल्ने उनको सपना पुरा हुन सकेको थिएन ।
प्रतिक्रिया 4