+
+
Shares

सेनलाई सहिद घोषणा गर्न तरुण दलको माग

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३१ गते १४:३९

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ता राजेश सेनलाई सहिद घोषणा गर्न नेपाल तरुण दलले माग गरेको छ ।

Rajesh-Sen,-Tarun-Dal-Kapilbastuकांग्रेसको भातृ संगठन तरुण दलले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चार महिना पहिले अज्ञात समूहको गोली प्रहारबाट मारिएका सेनलाई सहिद घोषणा गर्न माग गरेको हो ।

कपिलवस्तु क्षेत्र नम्बर १ मा पर्ने वाणगंगा इकाई समितिका अध्यक्ष सेनको गत माघ २८ गते जिल्लाकै जितपुर चोकमा अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।

तरुण दलका अध्यक्ष उदय शमशेर राणाले सेनलाई सहिद घोषणा नगरे तथा हत्यामा संलग्नलाई पक्राउ गरेर कारवाही नगरे आन्दोलनमा उत्रिने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?