Comments Add Comment

हेल्थ टिप्सः यी हुन् रगत सफा राख्ने घरेलु उपाय

blood-purify
आज विश्व रक्तदाता दिवस । ‘रक्तदान गरौं, नाता जोडौं, जिवन बचाऔ’ भन्ने नाराका साथ विगत आठ वर्षदेखि नेपालमा पनि यो दिवस मनाउन थालिएको छ । यो दिवस रगतको समुह अर्थात व्लड गु्रप पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनको जन्मदिन पारेर मनाउने गरिन्छ । यस दिन रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिन्छ ।

यसरी रक्तदान गर्ने दाताहरुले अरुलाई रगत दिनु पुर्व आफ्नो रगत सफा राख्नु अत्यन्त जरुरी छ । तल उल्लेख गरिएका यी विधिलाई नियमित प्रयोग गरेको खण्डमा प्राकृतिक रुपमै हामीले आफ्नो रगत सफा राख्न सक्छौ ।

१. लसुन
लसुन स्वास्थ्यको लागि निकै लाभदायक छ । यसले प्राकृतिक रुपमा रगतलाई सफा गरी रगतमा भएका विकारलाई फाल्न मद्दत गर्छ । त्यसैगरी यसले पेटको समस्या, रुघाखोकी, घाँटीको समस्या, स्वासप्रश्वासको समस्याबाट आराम दिन्छ । यसले अनुहार तथा छालाका समस्याबाट पनि छुटकारा दिन्छ । यसमा साइटोकेेमिकल्स हुन्छ । जुन फोक्सो सफा गर्न पनि लाभदायक छ । त्यसगरी यसले रगतमा भएको बोसो पगाल्नुका साथै रक्तचापलाई सन्तुलनमा राख्न समेत मद्दत गर्छ ।

प्रयोग विधिः विहान-विहान खाली पेटमा करिब तीन पोटी कुटेको लसुन मन तातो पानीसित खाने । यो विधि अपनाएको केह दिनमै तपाई रगत सफा हुनुका साथै तपाईले एसिडिटीबाट छुट्कारा पाउनु हुनेछ ।

त्यसैगरी एक चम्चा कुटेको लसुनलाई गाजरको जुसमा हालेर त्यसमा चिनी अथवा मह मिसाएर दुई हप्तासम्म नियमित सेवन गरको खण्डमा पनि तपाईको रगत सफा हुन्छ । लसुनलाई खाना तथा अचारसित नियमित खाएमा पनि यो लाभदायक छ ।

२.कागती
कागतीमा सिटि्रक एसिड पाइनुका साथै अल्कालिनको तत्व पाइन्छ । यसले तपाईको शरीरमा भएको विकारलाई हटाउन मद्दत गर्छ । यो तपाईको पाचन शक्ति बढाउन पनि लाभदायक छ ।

प्रयोग विधिः तीन चम्चा कागतीलाई मनतातो पानीमा हाल्ने । त्यसमा केही मह मिसाएर खाली पेटमा सेवन गर्नाले तपाईको शरीरमा भएका विकास नष्ट गर्न मद्दत गर्छ । कागती फिका चियामा हालेर वा फलफुलमा मिसाएर पनि  सेवन गर्न सकिन्छ । चिकित्सकहरु दिनमा २ देखि ३ पटकसम्म कागतीको प्रयोग गर्न सुझाव दिन्छन् ।

३. करेला
कलेरालाई शरीरमा भएको रगत सफा गर्न उपयुक्त तरकारीको रुपमा लिइन्छ । यसले क्यान्सर, पायल्स जस्ता रोग सित लड्न सहयोग गर्छ । त्यसैगरी सुगर कम गर्न, रगतमा वोसोको मात्रा कम गर्न, छाला सफा गर्न पनि मद्दत गर्छ । यसले हाम्रो पाचन प्रणालीलाई पनि मजबुत बनाउछ ।  करेलाको जुस रगत सम्बन्धी रोगको समाधानका लागि लाभदायक छ ।

४. अमला
अमलाले खराब रगत सफा गर्नुका साथै हाम्रो पाचन प्रणालीलाई मजबुत बनाउछ । यसले फोक्सो तथा आन्द्रालाई सक्रिय बनाइराख्छ । अमलाको पातदेखि बोट तथा जरासम्म पनि औषधीका रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रयोग विधिः करिब ४/५ ओटा अमलालाई रातभरी पानीमा भिजाउने । भोलीपल्ट विहान उक्त अमलालाई पानीमा घोलेर, छान्ने र दुई चम्चा महसित मिसाएर खाने । यो विधि नियमित प्रयोग गरेमा तपाईको शरीरमा भएका विभिन्न खाले विकार हटाउन मद्दत गर्छ ।

५. तुलसी
हिन्दु धर्ममा तुलसीको प्रयोगलाई असाध्यै पवित्र मानिन्छ । पुजा आजा होस्, वा व्रत । हरेक पर्वमा हामी यसको प्रयोगलाई निकै महत्वपूर्ण मान्छौ । यसको प्रयोग हाम्रो स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यसले रगत सफा गर्नुका साथै शरीरमा भएका विकार नष्ट गर्न सघाउ पुर्‍याउँछ । यो एन्टीबायोटिकका रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

यसले रक्त सञ्चार सामान्य बनाउनुका साथै अन्य रोगसित लड्ने क्षमताको विकास गर्न तथा रगतमा पाइने सेतो रक्त कोषिका (डब्लुवीसि) तथा रातो रक्त कोषिका निर्माण गर्न पनि महत्वपूर्ण भुमिका खेल्छ । सेतो रक्त कोषिका (ह्वाईट व्लड सेल) को कमीले शरीरमा रगत उत्पादन हुदैन । यसले रोगसित लड्ने क्षमतामा र्‍हास ल्याउछ भने रेड व्लड सेलले रगतलाई रातो बानाउन मद्दत गर्छ ।

यसबाहेक तुलसीको प्रयोगले शरीरलाई ठण्डा राख्नुका साथै जण्डिस, मलेरिया, रुघाखोकी, एसिडिटी, ज्वरो, चिनी रोग लगायतका रोगसित लड्ने क्षमताको विकास गर्न मद्दत गर्छ  ।

प्रयोग विधिः खाली पेटमा केही पत्ता तुलसीलाई एक चम्चा महसित मिसाएर खाएमा यो लाभदायक छ । यसलाई फलफुलको जुसमा मिसाएर पनि हालेर खान सकिन्छ । एक चम्चा तुलसीको लेदोलाई एक चम्चा ताजा अदुवाको रस र महसित मिसाएर दैनिक २/३ पटक सेवन गरेमा पनि यो लाभदायक छ । यसलाई खाना पछि प्रयोग गर्दा अझ बढी लाभदायक हुन्छ ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment