+
+
Shares

रसुवामा सुख्खा बन्दरगाह बनाउने गृहकार्य तीव्र, जग्गा अधिकरण सम्पन्न

रासस रासस
२०७३ असार १ गते ८:२२

१ असार, रसुवा । सुक्खा बन्दरदगाह बनाउन पहिलो चरणको गृहकार्य तीव्र गतिमा अगाडि बढेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी  दीपक केसीका अनुसार सुख्खा बन्दरगाह बनाउन टिमुरे गाविस इलाकाको जग्गा अधिकरण गर्ने कार्य सम्पन्न भई मुआब्जा वितरणको तयारी भइरहेको छ । करिब ५९ रोपनी जमिनको मुआब्जा स्थानीय बासिन्दाले प्राप्त गर्नेछन् ।

जग्गा प्राप्ति ऐनअन्तर्गत सडकले छोएका जग्गाको रु छ लाख र नछोएका भित्री जग्गाको रु चार लाख प्रतिआना मुआब्जा निर्धारण गर्ने कार्य सम्पन्न भई वितरण गर्नुपर्ने रु ४८ करोड रकम निकासाका लागि अर्थ मन्त्रालयमा सिफारिस भइसकेको बताइएको छ ।

मुआब्जा पाउनुपर्नेमा ५२ स्थानीयवासी लगायत छन् । टिमुरे क्षेत्रको तल्लो तटीय प्रहरी जाँचचौकीको सेरोफेरोदेखि लाङटाङ राष्ट्रिय निकुञ्जसम्म भोटेकोसी नदी आसपास क्षेत्रमा सडकभन्दा पश्चिम भागमा सुख्खा बन्दरगाह बन्ने बताइएको छ ।

यस्तै ६८ करोडको लागतमा निर्माण हुने रसुवागढी एकीकृत भवनको बोलपत्र प्रक्रिया अन्तिम चरणमा पुगेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेनटाइन कार्यालय, बैंक र सुरक्षा समेतका निकाय रहनेछन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?