असार १७ गतेबाट चलचित्र ‘तीन घुम्ती’ प्रदर्शनमा आउँदैछ । बाबुराम ढकालले निर्देशन गरेको यो चलचित्र साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृति ‘तीन घुम्ती’माथि आधारित रहेर तयार पारिएको हो ।
यो चलचित्रमा मुख्य ३ कलाकार छन्, गरिमा पन्त, ध्रुव दत्त र सुशान्त कार्की । चलचित्रमा सुशान्त ‘रमेश’को भूमिकामा देखिएका छन् भने गरिमा ‘इन्द्रमाया’को भूमिकामा देखिएकी छिन् । अहिले चलचित्रको प्रचार गर्नका लागि नेपालमा सुशान्त मात्र छन् ।
सुशान्त चलचित्रका बारेमा भन्छन्-‘गरिमा र म विचका केही दृश्यलाई लिएर दर्शकले ताली बजाउँछन् ।’पिताम्बरकी श्रीमति इन्द्रमाया रमेशसँग कसरि प्रेममा गाँसिन्छिन्, यो कथा रोचक छ ।
सुशान्तले अभिनय गरेको ‘सुन्तलीलाई भगाई लग्यो झिल्के ले, चर्खा’ प्रदर्शनको तयारीमा छन् । सुशान्त भन्छन्-‘तीन घुम्ती’मा दर्शकले मेरो अभिनयको मुल्यांकन गरिदिनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।’ कर्मा प्रोडक्शनले यो चलचित्र निर्माण गरेको हो ।
प्रतिक्रिया 4