+
+

टाटा मोटर्सको नयाँ शो-रुम दाङमा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १ गते १७:२३

Tata-Moters-Dang

१ असार, काठमाडौं । टाटा मोटर्सको नेपाली बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले दाङमा थि्रएस सुविधा सहितको भव्य शो-रुम सञ्चालनमा ल्याएको छ । बिएन अटोमोबाइल्स नामक शो-रुमको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमबहादुर बञ्जाडेले उद्घाटन गरे ।

उक्त नयाँ शो-रुममा टाटाका पेसेन्जर भेहिकलहरु बिक्रीमा राखिएको छ । आफ्ना ग्राहकलाई स्पेयर्स पार्टस्, बिक्रीपछिको सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले आफ्नो सर्भिस नेटवर्क नेपालभर फैलाएको छ ।

यो डिलरले यहाँका ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभुति प्रदान गरि उच्चस्तरीय सेवा प्रदान गर्ने विश्वास बञ्जाडेले व्यक्त गरे ।

बिएन अटोमोबाइल्सका प्रबन्ध निर्देशक विष्णु मैनालीले नयाँ शो-रुमबाट टाटाका अत्याधुनिक विशेषताहरुसहित सुविधासम्पन्न जेस्ट, बोल्ट र स्ट्रोम लगायतका गाडीहरु बिक्री गर्ने बाए ।

‘ग्राहकहरुको पूर्ण सेवा र सन्तुष्टिका लागि टाटा मोटर्स उनीहरुको चाहना एवं माग अनुरुप काम गर्न तयार छ’ कम्पनीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?