Comments Add Comment

स्पेन र जर्मनीले फाइनल खेलेको हेर्न चाहन्छुः हेमन गुरुङ

Heman-Gurung

नेपाली टोलीका मिडफिल्डर हेमन गुरुङले पनि युरोकपका खेलहरु हेरिरहेका छन् । राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त रहेकाले राति अवेरको खेल प्रत्यक्ष हेर्न नपाएका उनले हाइलाइट्स हेरेर चित्त बुझाइरहेका छन् ।

यसपटकको युरोकपमा उनको मनपर्ने टिम जर्मनी हो । जर्मनीको टिम गेमबाट उनी ब्राजिल विश्वकपदेखि लोभिएका हुन् । आक्रामक फुटबलको पर्याय मानिने जर्मनीले २०१४ को विश्वकपको उपाधि जितेको थियो । स्टार खेलाडीले भरिएको यस टोलीको खेलस्तरले उनी लोभिएका हुन् ।

तर, खासमा उनी स्पेनका समर्थक हुन् । उनी भन्छन्, ‘२०१४ को विश्वकपसम्म मलाई स्पेको खेल अत्यन्तै मन पर्थ्यो । तर समूह चरणबाटै बाहिरिएपछि मैले जर्मनीको सपोर्ट गर्न थालेँ ।’ यस युरोमा पहिलो समर्थन जर्मनी र दोस्रो समर्थन स्पेनलाई दिने हेमनको भनाइ छ ।

जर्मनी र स्पेनको खेल मन परेपनि उनको मनपर्ने खेलाडी पोर्चुगलका क्रिष्टियानो रोनाल्डो नै हुन् । ‘विश्व फुटबलमा तहल्का मच्चाइरहेका उनको खेलबाट नलोभिने को होला र ?’ हेमन भन्छन्, ‘खासमा मलाइ अर्जेन्टिना र बार्सिलोनाका स्टार लियोनल मेसीको खेल मनपर्छ, तर, युरोकपमा भने रोनाल्डो मेरा बेष्ट हुन् ।’

यस युरोमा जर्मनी र स्पेनले फाइनल खेलेको हेर्ने रहर छ उनको । आफ्नो मनपर्ने दुई टोलीले फाइनलमा यसअघिपनि सन् २००८ को युरोमा फाइनल खेलेका थिए ।

तर, त्यतिबेला हेमनले फुटबल बुझेका थिएनन् र त्यस खेल हेरेका थिएनन् । पोखराका हेमनले सबै खेलहरु नछुटाइ हेरेको २०१२ को युरो हो । जसमा उनको बेष्ट टिम स्पेनले लगातार दोस्रो पटक उपाधि उचालेको थियो ।

आफू मिडफिल्डर भएको नाताले उनले यस युरोमा खेलिरहेका विश्वस्तरीय मिडफिल्डरको खेल हेरेर आफुले धेरै सिकिरहेको उनी बताउँछन् ।

तस्वीरः हेमनकाे फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment