Comments Add Comment

फिल्म पढ्न चाहनेका लागि खुल्यो ‘एभरेष्ट फिल्म एकेडेमी’

शत प्रतिशत दक्ष विद्यार्थी उत्पादन गर्ने सुनिल थापाको दाबी

everest film academy
नेपालमा चलचित्र सम्बन्धी अध्ययन गर्नका लागि एकेडेमीहरुको अभाव भैरहेको गुनासो आइरहेको पाइन्छ । चलचित्र क्षेत्रमा पढेर आउने मानिसहरुको अभाव भएको गुनासो भएपनि पढ्ने कहाँ भन्ने अन्यौलता छ । त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ‘ओस्कार फिल्म कलेज’ मात्र संचालनमा आएको पाइन्छ ।

अब निजी स्तरबाट चलचित्र सम्बन्धी एकेडेमीको संचालनमा आएको छ । काठमाण्डौको मिनभवमा आजबाट ‘एभरेष्ट फिल्म एकेडेमी’ संचालनमा आएको छ । जसलाई सूचना तथा संचारमन्त्री शेरधन राइले उद्घाटन गरेका छन् ।

चलचित्र क्षेत्रका चर्चित हस्तीहरुको संलग्नतामा यो एकेडेमी संचालनमा आएको हो । जहाँ ‘निर्देशन, अभिनय, छायांकन र सम्पादन-भीएफएक्स’ पढाइनेछ ।
everest film academy uthgathan
कार्यक्रममा बोल्दै एकेडेमीका अध्यक्ष सुनिल थापाले एक बर्षमा दक्ष र गर्व गर्न लायक विद्यार्थी जन्माउने बताए । उनले शत प्रतिशत दक्ष विद्यार्थी यो एकेडेमीबाट चलचित्र क्षेत्रमा जाने बताए ।

यस्तै, एकेडेमीका सीइओ प्रकाश पुरीले आफूले चलचित्र क्षेत्रमा पढेर आएका मानिसहरुको अभाव भएकाले यो एकेडेमी संचालनको योजना बनाएको बताए । उनले ३ बर्ष लामो मिहिनेतपछि एकेडेमी संचालनमा आएको जानकारी दिए ।
sherdhan rai in pgm
निर्देशक उज्ज्वल घिमिरे डिरेक्टर रहेको यो एकेडेमीमा विश्व बस्नेत ‘फ्याकल्टी डिरेक्टर’को रुपमा छन् । यस्तै, ज्योत्सल राजभण्डारी प्रशासनिय निर्देशक र विशाल श्रेष्ठ मार्केटिङ निर्देशकको रुपमा आवद्ध छन् ।

‘निर्देशन विधामा’ लक्ष्मीनाथ शर्मा, उज्ज्वल घिमिरेको टिम छ । यस्तै, अभिनय विधामा विश्व बस्नेत, गौरी मल्ल, गंगाप्रसाद तिवारी, रेनशा राई, चन्द्र पन्त, टंक चौलागाईको टिम छ । छायांकनतर्फ प्रेम उपाध्याय र विश्नु कल्पीतले अध्यापन गराउनेछन् ।

दृश्य सम्पादनतर्फ भने रजनी पन्त, दशरथ गिरीको टिम छ । सल्लाहाकार टिममा गेहेन्द्र धिमाल, छविराज ओझा, मिथिला शर्मा, दीपिकराज गिरी र बाबुराम ढकालको टिम छ ।

एकेडेमीका सीइओ प्रकाश पुरीले आजबाट असार मसान्तसम्म ४ वटा बिषयका लागि भर्ना सुरु गरिएको बताए । उनका अनुसार यो क्षेत्रमा केही गरौ भन्ने चाहना बोकेका व्यक्तिहरुले कलेजमा भर्नाका लागि आवेदन दिन सक्नेछन् ।

१ बर्षभित्र कुनै एक विधामा दक्ष विद्यार्थी उत्पादन गर्ने लक्ष्य यो एकेडेमीले लिएको छ । कलेजमा सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिइने भन्दै डिरेक्टर उज्ज्वल घिमिरेले भने-‘यसका लागि आवश्यक प्रविधी यो एकेडेमीमा उपलब्ध छ ।’

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, विभिन्न संघसंस्थाका प्रतिनिधी, चलचित्रकर्मी र पत्रकारको बाक्लो उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment