Comments Add Comment

कृषि बजार ठेक्कालाई लिएर नगरपालिका, स्कुल र समितिबीच विवाद

३ असार, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा रहेको ढल्केवर कृषि बजार ठेक्कामा व्यापक अनियमितता भएको रहस्य बाहिर आएको छ ।

बजार ठेक्कालाई लिएर मिथिला नगरपालिका, महेन्द्र उच्च माध्यमिक विद्यालय र ढल्केवर कृषि उपज बजार सञ्चालक समिति बीचको विवाद उग्र बनेपछि ठेक्कामा अनियमितता भएको खुलेको हो ।

krishi_bazarपूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनुषाको उत्तरी क्षेत्रमा रहेको धनुषाकै पुरानो र ठूलो कृषि बजारको आम्दानीमा नगरपालिका,स्कुल र समितिले आ-आफ्नो हक दावी गर्दै बजार पछिल्लो चार महिनादेखि विवाद चल्दै आएको छ ।

नगरपालिका, स्कुल र समितिले बजार आफ्नो अधिनमा रहेको छुट्टा छुट्टै रुपमा दावी गरेपछि बजार ठेक्का प्रक्रिया रोकिएको छ ।

धनुषा, महोत्तरी, सिरहा, सर्लाही र सिन्धुलीका किसानहरुले उत्पादन गरेको तरकारी तथा कृषि जन्य बस्तु विक्री वितरण गर्ने केन्द्रको रुपमा रहेको ढल्केवर बजारको विवाद उग्र बन्दै गएपछि किसानहरुले चिन्ता व्यक्त गरेका छन् ।

विस.२०५६ साल असोज ११ गते सर्वदलीय वैठकबसी स्कुलको आर्थिक स्रोत कम रहेकाले तत्कालिन ढल्केवर कृषि हाटबजारबाट ५ बर्षको लागि विद्यालयलाई कुल आम्दानीको ६० प्रतिशत र गाविसलाई ४० प्रतिशत रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

गाविसमा जम्मा भएको बजारको ४० प्रतिशत आम्दानीबाट २० प्रतिशत बजार समितिलाई दिने सर्वपक्षीय निर्णय भएको थियो । पाँच वर्षको म्याद समाप्त भएपछि विद्यालयले पुनः निर्णय गराउनु पर्ने निर्णय भएको थियो । त्यसपछि विद्यालयले हालसम्म नविकरण नगरी बजारको आम्दानीमा अनियमितता गरेको बजार समितिका अध्यक्ष रामकिशुन ठाकुरले जानकारी दिए ।

प्रत्येक वर्ष वैशाखदेखि नगरपालिका, विद्यालय र समितिले एक वर्षका लागि ठेक्का लगाउँदै आएपनि यस वर्ष ठेक्का सम्बन्धमा विवादका कारण ठेक्का प्रक्रिया अवरुद्ध भएको छ । ठेक्का प्रक्रिया अवरुद्ध भएपछि विद्यालयका प्रधानाध्यापक रामदयाल महतो र शिक्षक मदन महतो लगायतका शिक्षक र विद्यालय व्यवस्थापन समितिले नियम विपरित किसानहरुबाट शुल्क असुल्ने गरेको मिथिला नगरपालिका वडा नं.७ का किसान मनोज महतोले जानकारी दिए ।

बजारको आम्दानी विद्यालयलाई दिनु पर्ने भन्दै विद्यालयका विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । चारमहिनादेखि बजारको आम्दानी सम्बन्धमा विवाद उत्पन्न भएपछि विद्यार्थीहरुले विद्यालयको विकासको लागि आम्दानी स्कुलमा राख्नु पर्ने मांग गरेका छन् ।

विद्यालय र विद्यार्थीको हकहितको लागि विद्यार्थीलाई बजार समिति विरुद्ध सडकमा उतारेको प्रधानाध्यापक रामदयाल महतोले जिकिर गरे । विद्यार्थीलाई सडकमा उतार्नु गलत भएपनि उनीहरुकै भविष्यको लागि आन्दोलनमा प्रयोग गरेको स्वीकारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment